२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बद्रि पंगीनीले गित गाउँदा स्थानिय रोए

२०७५, ६ मंसिर बिहीबार १४:००

कमल पौडेल | मङ्सिर ६, बडिगाड | चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलामा गित गाउँदा वृद्ध आमा तथा बाबाहरुलाई रुवायका छन् भने युवाहरुलाई धुलो उड्नेगरि नचाएका छन् । 

नेपाली दिदि वहिनी विदेशियका दाजु भाई तथा वुवा आमाको वास्तविक मर्म बोल्ने, “विदा पाउँदिन, अहिलेको सालपनि घरमा आउँदिन”, “जेठो छोरा कहाँ छ कहाँ, माइलो छोरो पुलिसमा भर्ति भएको छ”, “शिरैको सिँउँदोमा सिन्दुर छैन” वोलको गित गाउँदा, मञ्चैको अगाडि वसेका धेरै आमा बाबाहरु रोएका छन्।


सवैको विचैमा गएर गाएका गायक पंगेनीले नेताहरुलाई सुझाएका गित गाउँदा सवै उत्साहित भएका थिय। पंगेनीले “लौन नेता ज्यू, बडिगाडमा आउन कहिले काहिँ, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिल झैं”, “अझै नै गणतन्त्र आको छैननी, बडिगाड मा भने झैं भाको छैननी” बोलका गित गाउँदा युवा हरु खुलेर नाचेको थिए । 

गायक पंगेनीले ससुरालीमा, पानी सलल, लगाएतका गितहरु गाएका थिए। दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका जनप्रिय गायक बद्रिले नेताहरुलाई समेत कटाक्ष समेत गरेका थिए। कार्यक्रमको छैठौं दिनमा लोक गायीका पूर्णकला विसि, प्रजापति पराजुली लगाएतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति