२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

द भोइस अफ नेपालमा टपमा पुगेका सन्तोषलाई भोट माग्दै बुटवल

८ मंसिर २०७५, शनिबार ०७:२१

मोहन न्यौपाने | मङ्सिर ८, बुटवल  । नेपालकै सर्बा्धिक रुचाइएको कार्यक्रम मध्यको द भोइस अफ नेपालको टप १६ मा पुगेका बुटवलका सन्तोष रानाको लागि भोट माग्दै यस क्षेत्रका युवाहरु लामबद्द भएका छन्  । आफ्नै घर परिवार र साथीभाइ कै अगुवाइमा बुटवलमा उनको घर रहेको तिलोत्तमा नगरपालिका २ बाट र्याली निकालिएको एक स्थानिय युवा बिरेन क्षेत्रिले बताए । 


सन्तोषका बुवा जंग बहादुर रानाले आफ्नोछोराको सानै देखिको एउटा स्टार बन्ने चाहना पुरा गर्न आफुले कुनै कसर बाकि नराखेको र  सन्तोषको स्टार सपनामा आफुले साथ् दिदै आएको बताए । त्यस्तै भर्खरै इजरायलबाट सन्तोषका सानोबा केशब राना आएका छन्  ।उनि भन्छनस्  म इजरायलबाट छोरालाई जिताउन र उसको साधनामा साथ् दिन आएको हु, यो जित पक्कै सन्तोषको हुनेछ ,हामि आशाबादी छौ  ।

त्यस्तै आफुले आजसम्म प्रसारण भएको सो कार्यक्रम नछुटाई हेरेको र सन्तोषको प्रस्तुति अन्य प्रतियोगी हरुको भन्दा कुनै किसिममा कम नभएकोले अहिलेको फस्ट भोइस अफ नेपाल सन्तोष राना बन्नेमा आफु ढुक्क रहेको अर्का स्थानिय युवा कृष्ण बराल बताउछन  ।

आमा बिष्णुमाया राना पनि आफ्नो छोराको संगीत प्रतिको लगाव तथा साधनाले उसलाई पक्कै शिखर चुमाउने आशा गर्छिन  । तथापि प्रतियोगिता हो, त्यहा पुग्ने सबैले जितिसकेका छन,तर सन्तोष मेरो मात्र छोरा होइन , सारा नेपालीको आवाज बोल्ने छोरा हो, भन्दै उसको खुसीमा आफ्नो साथ् रहेको बताइन  । उनि भावुक हुदै भन्छिन स् प्रतियोगिता हो जित्ला नजित्ला तर उसमा भएको कला र गाला सायदै भगवानको आशिर्बाद हो, म उसको आवाज सुन्नमै मस्त हुन्छु र मलाइ उसको गायकी पनि अत्यन्तै मनपर्छ त्यसैले आशाबादी छु यो माया सबै नेपालीले दिनुहुनेछ  ।

त्यस्तै अर्का युवा बिदुर केसी पनि आफु सन्तोषको सानै देखिको साथी भएकाले उसले जंगलजादा होस् या स्कुलजादा माइक समातेर स्टारले झैँ गीत गाएको आजै झैँ लाग्छ  । सायद हुने बिरुवाको चिल्लो पात भन्ने उखान आज चरितार्थ हुदैछ  । त्यस्तै अर्का युवा अर्जुनप्रसाद पौडेल भन्छन स् “अब सन्तोषको जितका लागि उसले गर्नुपर्ने सबै कुरा गरिसक्यो अब हामि सबै नेपालीले गर्नुछ, त्यसैले जतिसक्दो भोट गरेर सन्तोषलाई जिताउनु हाम्रो प्रमुख कर्तब्य हो  ।“

हुन् पनि हो, सन्तोष राना एउटा साधारण परिवारमा जन्मे, हुर्के, पढे, बढे तर उनको लागाव अन्य विधा भन्दापनि संगीततिर खुबै देखिन्थ्यो  । फलस्वरूप अहिले सन्तोषले आफ्नो यो प्रतिभा १२ बर्षको साधना अहिले देखाउदै छन द भोइस अफ नेपालमा  ।

उनलाई भोट गर्न नेपालदेखि मोबाइलको एस.एम.एस बक्समा गएर भोटिङ कोर्ड “द्दद्द“ टाइप गरि घठण्ण्ण् मा सेन्ड गर्न सकिने छ  ।  यदि नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नेले ज्ञटटटठठ डायल गरि सन्तोष राना मगरको भोटिङ कोर्ड “द्दद्द” डायल गरी भोट पनि गर्न सकिने छ । त्यसै गरि मोबाइल प्रयोगकर्ताले भारत(क्ष्लमष्ब) बाट समेत एस.एम.एस बक्समा गएर भोटिङ कोर्ड “द्दद्द“ टाईप गरि छघण्ज्ञण् मा सेन्ड गर्न सकिने छ । सन्तोष रानालाई भोट गर्न भारत बाहेकका अन्य देशरबिदेशबाट समेत  ब्लमचयष्म मोबाइल वा ब्उउभि मोबाइलको स्टोरमा गएर त्जभ ख्यष्अभ इा ल्भउब िब्उउक डाउनलोड गरि भोट गर्न सकिनेछ । तर एक ईमेल देखि १५ भोट मात्र गर्न सकिने छ । हेरौ पहिलो द भोइस अफ नेपाल को हुनेछ त्यो भने प्रतिक्षाको घडि नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य