सास । मंसिर ९, बर्दिया ।

पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।।
नेपालको स्वार्थ बाहेक केही "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ९, बर्दिया ।

पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।।
नेपालको स्वार्थ बाहेक केही "/>
२०८२, १६ चैत्र सोमबार
बर्दिया - BRD

लौ अायो ! ३ करोड नेपालीको आङ्ग जिरिङ्ग हुने राष्ट्रिय (गजल) गीत

२०७५, ९ मंसिर आईतवार १४:४६

सास । मंसिर ९, बर्दिया ।

पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।।
नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी … ।


यस्तो भावको मनै जिरिङ्ग बनाउने राष्ट्रिय भावको स्वदेश (गजल) गीत बिन्ध्यवासिनी म्युजिकको अफिसियल युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको छ ।
बर्दियाका श्रष्टाद्वय प्रभात सुवेदी र रकेश ओलीको सहकार्यमा यो सिर्जना ल्याइएको हो । पछिलल्लो समय राष्ट्रिय भावका गीतहरुको रेकर्डिङ्गमा कमी आइरहेको अवस्थामा उनीहरुले यो गीत ल्याएका हुन् । 
प्रभात सुवेदी र ऋचा लुइटेलको शब्द, प्रभात सुवेदीको संगीत, रकेश वलीको संगीत संयोजन रहेको यस गीतमा प्रभात सुवेदी, रकेश ओली, मुना ओली र राधा खड्काको स्वर रहेको छ । यो गीत नभएर गजलीय संरचनामा रहेको राष्ट्रिय भावको गीत भएकोले पनि गायक, संगीतकार रकेश वलीले, यो गीतहरु कमाउनका लागि भन्दा पनि आफ्नो जन्मभूमिको ऋण तिर्नका लागि आम नेपालीहरुमाझ ल्याएको बताउँछन् । 
विशेषगरी जीवन्त सिर्जना ल्याउन खप्पीस मानिएका गायक तथा संगीतकार प्रभात सुवेदीले पछिल्लो समय देशका अग्रज गायक गायिकाहरुसँग काम गरिसकेका छन् । यस गीतमा गायिकाद्वय मुना ओली र राधा खड्काको आवाजका साथै अभिनय पनि निकै तारिफयोग्य रहेको छ । 
यो राष्ट्रिय भावको (गजल) गीतको म्युजिक भिडियोमा गायक गायिकाहरुका साथमा बाल कलाकारहरु श्रुति ओली र सहिष्मा खड्का प्रितिका चौधरी, मञ्जु बडुवालको अभिनय रहेको छ । यो सिर्जना पृथक शैलीमा रहेकाले सम्पूर्ण नेपालीहरुलाई मन पर्ने शब्द रचनामध्येकी स्रष्टा एवम् साहित्यकार ऋचा लुइटेलको भनाइ छ ।
महेश महराको क्यामेरा, कुमार के.सी. को निर्देशन र गिरिष रिजाल ‘समिप’ को सम्पादनमा रहेको यो राष्ट्रिय (गजल) गीतको म्युजिक भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति