२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डंकिनी मोरी’ गीत मार्फ़त कालरात्रि ब्याण्डको पुनरागमन

२०७५, १० मंसिर सोमबार ०३:३४

सचिन्द्र श्रेष्ठ | मंसिर १०, काठमाडौँ | करीब १७ बर्ष अघि बेनिका केहि स्कूले साथीहरु मिलेर ब्याण्ड बनाउदै आएका संदीप श्रेष्ठको नेतृत्वमा हाल 'कालरात्रि' ब्याण्डको नया गीत 'डंकिनी मोरी' यूट्यूब मार्फत सार्बजनिक भएको छ । 

ब्याण्डका मुख्य लिड गायक संदीप श्रेष्ठले सुरुवात २०५८ साल तिरै बागलुङको पूजा हलमा ' द एक्स' ब्याण्ड सँग कन्सर्ट गर्दै आए पश्चात उनले आफ्ना केहि साथी लिएर ब्याण्ड गराएका थिए तर साथीहरुले निरन्तरता दिन सकेनन। उनले हिम्मत हारेनन लागी परी रहे र बेला बेलामा आफ्नो एकल गायन प्रस्तुत गर्दै गरे बिभिन्न नेपाली चलेका गायक गायिका सँग तत्पश्चात सांगीतिक अभियानलाई अझ थप परिस्कृत गर्न राजधानी छिरे ।

२०६२ सालमा काठमाण्डौ अध्ययन गर्दा उनलाई संगीतले छोई सकेको थियो त्यही बेला 'ब्लड ब्लास्टर' ब्याण्ड सँग मिलेर 'ओम नम शिवाय'भन्ने गीत निकाले।


बागलुङको 'सोल'ब्याण्डको सामान भाड़ामा लिएर आफ्ना केहि साथीहरु मिलेर म्यूजिक सिक्दै संघर्ष गरेको र दशैको कालरात्रिका दिन हरेक बर्ष कार्यक्रम गर्ने गर्दा उक्त ब्याण्डको नाम 'कालरात्रि' राखेको संदीप श्रेष्ठ बताउँछन्।

कालरात्रि ब्याण्ड तयार भए पछि 'बालै भएन' नामक गीत निकाले।त्यस पछि लामो समयको अन्तराल पछि उक्त ब्याण्डले अहिले 'डंकिनी मोरी' यूट्यूब मार्फत ल्याएका छन।

गायक, रचना स्वयं संदीपकै आवाजमा उक्त गीत सुन्न र हेर्न सकिन्छ।कन्दरा ब्याण्डका (अमृत गुरुङ) र ब्याण्डकै कम्पोज़ रहेको म्यूजिक भिडियो धौलागिरीका मनोरम दृश्य गलेश्वर धाम, महारानी थान, कालीगण्डकि रिसोर्ट,मल्लाज दरबारमा छायाङकन गरिएको उक्त भिडियोलाई अनूप बानियाले खिचेका छन भने गीत संगीतमा छुट्टै पहिचान बनाउन सफल लोकप्रिय निर्देशक़ भूपेन खडकाले निर्देशन तथा सम्पादन गरेका छन।

क्रिएटिभ मीडियाको प्रस्तुति रहेको म्यूजिक भिडियोमा मोडल निर्देश र आरोशिको गज्जबको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति