२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् बलिउड अभिनेता सलमानका १० प्रेमीका

२०७५, १५ मंसिर शनिबार ०८:२०

५० वर्ष पार गरेका बलिउड अभिनेता सलमान खान अझै अविवाहित र चर्चामा छन् । सलमानसँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि मरिहत्ते गर्छन् । सलमानको जीवनमा प्रायः कुनै न कुनै युवती जोडिएकै हुन्छन् । तर, उनले कहिल्यै पनि उनीहरूसँगको आफ्नो सम्बन्ध भने स्वीकारेका छैनन् । संगीता बिजलानीबाट सुरु भएको यो क्रम युलियासम्म जारी छ ।

संगीता बिजलानी

संगीता बिजलानीलाई सलमानकी पहिलो प्रेमिका भनिन्छ । सलमानभन्दा पनि संगीता लोकप्रिय भएका बेला उनीहरू एकआपसमा नजिकिएका थिए । संगीता मोडलिङ गर्दै थिइन् भने सलमान आफ्नो करिअर बनाउन संघर्षरत थिए । दुवैले केही विज्ञापनमा सँगै काम गरे । विस्तारै सलमान हिट बन्दै गए । संगीताले उनीसँग विवाह गर्न चाहिन् तर सलमान तयार थिएनन् । त्यसपछि उनीहरूको ब्रेकअप भयो । ब्रेकअपपछि पनि सलमान र संगीता साथी बनिरहे । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दिनसँग विवाह गरिन् ।

सोमी अली

कराँचीमा जन्मेर फ्लोरिडामा हुर्केकी सोमी अली बलिउड स्टार सलमानकी फ्यान थिइन् । १६ वर्षको उमेरमै अली सलमानप्रति फिदा भइन् । सलमानलाई पछ्याउँदै उनी मुम्बई आइन् । केही मोडलिङ प्रोजेक्ट गरेपछि उनले फिल्ममा इन्ट्री गरिन् र सलमानसम्म पुगिन् । विस्तारै उनीहरू नजिकिए । सलमान सोमीलाई असाध्यै मन पराउँथे । आठ वर्षसम्म दुवै डेटिङमा रहे । सोमी सलमानले आफूसँग विवाह गरेर घरजम गरोस् भन्ने चाहन्थिन् । सलमान भने उनीसँग विवाह गर्ने मुडमा थिएनन् । पछि मदिरा पिउने सलमानको लत र व्यवहारका कारण सोमी फ्लोरिडा नै फर्किन् । सलमानसँग अहिले पनि उनको सम्पर्क हुन्छ ।

ऐश्वर्या राय वच्चन

सञ्जय लीला भन्सालीले सलमान र ऐश्वर्यालाई लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको सुटिङका क्रममा सलमान र ऐश्वर्या एकअर्कासँग नजिक भए । ऐश्वर्यासँग नजिकिएपछि सलमानको व्यवहार अचानक बदलियो । उनले ऐश्वर्यामाथि धेरै अधिकार जमाउन लागे । रोकतोक गर्न थाले । ऐश्वर्या जुन हिरोसँग फिल्म गर्थिन्, सलमान उनीमाथि शंका गर्थे । शाहरुख खानको फिल्म ‘चलते चलते’को सेटमा गएर सलमानले हंगामा नै मच्चाए । शाहरुखले सलमानको कुरा सुनेर ऐश्वर्यालाई फिल्मबाट निकाले । उनकै व्यवहारका कारण उनीहरू साथ रहन सकेनन् ।

कैटरिना कैफ

बुमबाट निराशाजनक सुरुआत गरेपछि कैटरिना कैफ सलमानको सम्पर्कमा आइन् । सलमानसँग उनले ‘मैने प्यार क्युं किया’ फिल्म गरिन् । त्यसपछि उनले सफलताको सिँढी चढिन् । सलमानसँग उनी धेरै नजिक रहिन् । कतिपटक त सलमान र कैटरिनाको विवाहको तारिखसमेत घोषणा भयो तर विवाह हुन सकेन । कैटरिनाले पनि सलमानसँग घर बसाउने सपना देखेकी थिइन् तर सलमानले कुनै निर्णय दिएनन् । त्यसपछि सलमानबाट कैटरिना विस्तारै टाढा हुँदै गइन् । उनी रणवीर कपुरसँग नजिक भइन् । रणवीरसँग ब्रेकअप भएपछि कैटरिना साथीका रूपमा पुनः सलमानको सम्पर्कमा आइन् ।

युलिया वन्तुर

रोमानियाकी युलिया वन्तुर अहिले सलमानसँग देखिएकी छन् । उनलाई सलमानकी पे्रमिकाका रूपमा लिइन्छ । सलमान अझै पनि विवाहको मुडमा छैनन् ।

यसका साथमा सलमानका प्रेमिकाको लिस्टमा क्लाडिया सिएस्ला, बरुना अब्दुल्ला, जरिन खान, डेजी साह र एमी ज्याक्सन पनि सूचीकृत छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति