२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख र सलमानको अभिनय रहने फिल्मबाट निकालिइन् दीपिका, यस्तो छ कारण

२०७५, १७ मंसिर सोमबार १०:३३

मङ्सिर १७, काठमाडौं | निर्देशक सञ्जय लीला भन्साली अभिनेता शाहरुख खान र सलमान खानका साथ फिल्म बनाउने योजना बनाइरहेका छन् ।

खबरहरुका अनुसार भन्सालीको बजेटमा बन्ने उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फिल्म ‘सौदागर’ को कहानी जस्तै हुने र यसमा सलमान खान र शाहरुख खान साथीको भूमिका निर्वाह गर्नेछन् । जुन मित्रता पछि दुश्मनीमा बदलिनछ । साथमा  उक्त फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण रहने बताइएको थियो । 


यस खबरले अभिनेत्री दीपिका पादुकोण पनि निकै खुशी भएकी थिइन् । तर अहिले सार्वजनिक खबरअनुसार दीपिकाको उक्त खुशी लामो समयसम्म रहन सकेन । भन्सालीको उक्त फिल्मबाट दीपिकाको नाम हटाइएको छ । फिल्म निर्माताले अब उक्त फिल्मका लागि अभिनेत्री अनुष्का शर्मालाई अफर गरेका छन् । 

यसरी दीपिकालाई फिल्मबाट हटाउनुलाई सलमान र दीपिकाबिचको सम्बधसँग जोडेर खबरहरु सार्वजनिक भएका छन । सलमान खानले यसअघि दीपिका पादुकोणलाई धेरै पटक फिल्ममा काम गर्ने अफर गर्दै आएका थिए । 

तर दीपिकाले सलमान खानको उक्त अफरलाई पटक पटक अस्वीकार गर्दै आइरहेकी थिइन् । सलमान खान स्वयम दीपिकालाई बलिउड फिल्म उद्योगमा डेब्यु गराउन चाहन्थे तर दीपिकाले डेब्यूको लागि अभिनेता शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ लाई चुनिन् । 

दीपिका र कट्रीना केफबिचको मनमुटावको कुरा समेत सलमानलाई चित्त बुझेको छैन ।

यी सब कुराका कारण हो वा अन्य अरु नै कारण दीपिका पादुकोणले भने भन्सालीको फिल्ममा काम गर्ने मौका गुमाइसकेकी छिन् । अब अनुष्का शर्माले उक्त अफरलाई स्वीकार गर्लिन् वा नगर्लिन् त्याे भने केही दिनमा थाहा हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति