२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पन प्रधानको आवाजमा ‘समर लभ’को पहिलो रोमान्टिक गीत सार्वजनिक (भिडियो)

२०७५, १८ मंसिर मंगलवार ०५:३३

मङ्सिर १८, काठमाडौं | युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ भने शब्द तथा संगीत पनि पुष्पनकै रहेको छ । 

भिडियोमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्रीले फिचर्ड गरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। 

फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । 'नाइँ नभन्नू ल ३' फेम्ड निर्देशक मुस्कान ढकाल निर्देशित फिल्म भ्यालेनटाइन डेको छेको अर्थात माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । 

फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । 

फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति