२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्नी लियोनीले नेपाली गीतमा गरिन् आइटम डान्स, तस्विर सार्वजनिक (तस्विरसहित)

२०७५, २० मंसिर बिहीबार ०६:०५

मङ्सिर २०, काठमान्डौ | बलिउडकी चर्चित आइटम गर्ल सन्नी लियोनले पछिल्लो पटक एक नेपाली सिनेमा ‘पासवर्ड’ मा नृत्य गरेका फोटोहरु सार्वजनिक भएका छन् ।

'पासवर्ड' मा समावेश ‘सन्नी हो नाम मेरो….’ बोलको गीतमा उनले गरेको आइटम डान्सका केही तस्विरहरु सार्वजनिक भएका हुन् ।


बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले गीतको निर्देशन गरेका छन् र अर्जुन पोखरेलले संगीत भरेका छन् | उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् ।

यो नेपाली सिनेमा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको दावी निर्माण पक्षको छ।

उक्त गीतमा सन्निलाई २ सय बढी डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्नीसँगै फिचर छन् ।


सिनेमाका निर्देशक सम्राट बस्नेतले पासवर्डको कथा र स्क्रिप्टले गरेको माग अनुसार नै आफ्नो सिनेमामा सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताएका छन् ।

दुई दर्जनबढी सिनेमामा द्वन्द्व निर्देशन गरेका सम्राटको लागि यो सिनेमा ठूलो पर्दाको डेब्यू निर्देशन हुनेछ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको सिनेमाको प्रदर्शन मिति भने तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्।

एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी, अनुपबिक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत मुख्य भूमिकामा छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति