मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ६८ औं ‘विश्व सुन्दरी’ चुनिदै, ९० देशलाई पछाडी पार्दै नेपालबाट पनि दावेदारी

२१ मंसिर २०७५, शुक्रबार १९:४१

मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो पटकको मिस वर्ल्ड नेपालीहरुको लागि यस कारण पनि महत्वपूर्ण छ कि नेपालबाट विश्व शुन्दरी ताजको लागि नसोचेको सफलता हाँशिल गर्दै अन्तिम प्रतिष्पर्धीमा छिन् । र

आज धेरैको कौतूहलता चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदार बनेर प्रतिस्पर्धामा छिन् । धेरै नेपालीहरूले सृंखलाको हालसम्मको उपलब्धि राष्ट्रिय गौरवको बिषय मानेका छन् । 

विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन् । कयौंको ढुक-ढुकीले नेपालकै पक्षमा नतिजा आओस् भन्ने प्राथना गरि बसेका छन् ।   प्रतियोगिताको पूर्वसन्ध्यामा धेरै नेपालीले उनले पहिलो नेपालीका रूपमा 'विश्व सुन्दरी' को उपाधि पाऊन् भन्दै शुभकामना दिइरहेका छन् । 

विश्व सुन्दरीको प्रतिष्पर्धामा प्रतियोगिताको एउटा महत्वपूर्ण उपाधि 'ब्युटी विथ पर्पोज' जितेर नेपालको नाम उच्च राख्न सफल भईसकेकी सृंखलाले मतको आधारमा पाउने अर्को उपाधि मल्टिमिडिया अवार्ड जितेर यस पटकको 'मिस वर्ल्ड' को ताज नेपालले नै लागोस् भन्ने पक्षमा विश्वको ठूलो जमात छ भन्ने प्रमाणित गरिसकेको छ । 


सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन्। यसै क्रममा ट्विटरमार्फत एलिया अर्यालले लेखेकी छन् – 'यसपाली मिस वल्र्डको खिताब नेपालली चेलि शृंखला खतिवडाले जित्ने पक्कापक्की छ यदि यो साल पनि Miss World को उपाधी Mt.Everest (सगरमाथा)को देशमा आएन भने नेपालीले यो प्रतियोगिता बाटै सधैका लागि हात धुँदा हुन्छ । 

सृङ्खला पेसाले आर्किटेक्ट हुन् । शृङ्खलाका बुवा विरोध खतिवडा सङ्घीय संसद्‌मा र आमा मुनु सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन् । 

मिस २०१८ को भोटिङ लाइभ कार्यक्रमसम्म जारी रहेको छ > तपाइँ पनि भोट गर्न सक्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ