२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने

२०७५, २४ मंसिर सोमबार ०६:५४

मङ्सिर २४, काठमाडौँ | नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने’ हुने भएको छ । 

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने छ । ‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ को व्यवस्थापन रहेको सो प्रतियोगिताको पहिलो चरणमा देशका पाँच मुख्य शहर बुटवल, नारायणगढ, धरान, पोखरा र काठमाडौँबाट कूल १५० समूहबाट २६ समूह प्रतियोगी छनोट गरिएको थियो । 

प्रतियोगितामा प्रथम हुनेलाई रु ३०,०००, दोस्रो हुनेलाई रु २०,००० र तेस्रो हुनेलाई रु १०,००० पुरस्कारको व्यवस्था गरिएको ‘स्ट्र««कपप’ का संस्थापक कार्यकारी निर्देशक सुरेश मोक्तानले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट पोशाक पहिरन र एकल नृत्यलाई पाँच/पाँच हजार राशिको पुरस्कारको व्यवस्था गरिएको युवा फर चेञ्जका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । 

‘स्ट्रकपप’ एउटा कोरियन नृत्य समूह हो । यो सन् २०१५ मा गठन भएको हो । यसले गठन भएदेखि हालसम्म कोरियन नृत्यसम्बन्धी विभिन्न गतिविधि गर्दै आएको छ । यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न कोरियन पप नृत्यमा समेत प्रतिनिधित्व गर्दै आएको छ । त्यसैगरी विसं २०७० मा स्थापना भएको युवा फर चेञ्जले विभिन्न जिल्लामा युवा लक्षित कार्यक्रम गर्दै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति