२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुवन केसीले ‘क्याप्टेन’ रिलिज डेट नै विर्सिएपछि…

२८ मंसिर २०७५, शुक्रबार ०७:०६

मङ्सिर २८, काठमाण्डौ | फिल्म ‘क्याप्टेन’ नेपाली फिल्म प्रेमीमाझ लामो समयदेखि चर्चामा छ । अभिनेता अनमोल केसीको लिड अभिनय रहेका कारण पनि यो फिल्मको शहरिया युवापुस्तामा व्यग्र प्रतिक्षा छ । यसमा उनले एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । 

दीवाकर भट्टराई निर्देशित फिल्ममा अनमोलको अपोजिटमा नव-अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । काजल फिल्मस्को ब्यानरमा भुवन केसी निर्माता रहेको यस फिल्मको बिहीवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक गरिएको थियो । उक्त गीतलाई इन्टरनेटमा दर्शकले निकै रुचाएका छन् ।  

गीत सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा कलाकार, निर्देशक तथा निर्माताको भनाइले यतिबेला सञ्चारमाध्यममा विशेष स्थान पाइरहेको छ । अभिनेता भुवन केसीले फिल्मको रिलिज डेट नै विर्सिएको कुराले स्थान नपाउने त झन् कुरै भएन । उनले आफ्नो भनाइ राख्ने क्रममा फागुन १७ गते प्रदर्शनमा आउने फिल्मको रिलिज डेट फागुन २७ गते बताए । 

निर्माताले रिलिज डेट विर्सिएका हुन् वा पोस्टपोन्ड हुने रिलिज डेट घोषणा गरेका हुन् सञ्चारकर्मीबीच कानेखुसी चल्यो । एकछिन त टिमबीच पनि मुखामुख भयो । तर, भुवनले बोली सच्याइहाले । उनले फागुन १७ मा फिल्म रिलिज हुने जानकारी दिए । उनको मुखबाट फागुन २७ फुत्किनुलाई साधारण रुपमा भने हेर्न सकिन्न । 

फिल्मको रिलिज डेट मात्र उनले विर्सिएका थिएनन् । ‘रहर छ सँगै…’ गीतमा आवाज भर्ने गायकको नाम पनि विर्सिए । गीतमा अञ्जु पन्त र सुगम पोखरेलको संयुक्त आवाज छ । भुवनले भने आफ्नो फिल्मको गीतमा आवाज भर्ने गायकको नामै भुले । छेवैमा रहेका निर्देशक दीवाकरले बताएपछि उनले सुगमको पूरा नाम लिए । अञ्जुको नाम भने उनलाई स्मरण रहेछ । 

निर्माता तथा अभिनेता भुवन ‘क्याप्टेन’ लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनी भन्छन्, ‘मैले धेरै फिल्म गरें र बनाएँ । तर, मलाई राष्ट्रले गर्व गर्ने फिल्म बनाउन मन थियो । ‘क्याप्टेन’ तीन करोड नेपालीले गर्व गर्न लायकको फिल्म हो ।’ उनी उक्त फिल्म नेपालका सम्पूर्ण फुटबल प्लेयर्सहरुलाई समर्पित गर्न चाहने बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य