२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडकै महँगो फिल्म ‘२.०’को नयाँ किर्तिमान, पहिलो हप्तामै ५ सय करोड कमाई

२९ मंसिर २०७५, शनिबार १०:३८

मङ्सिर २९, काठमाण्डौ | सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘२.०’ ले हरेक दिन नयाँ-नयाँ किर्तिमान रचिरहेको छ । प्रदर्शनको पहिलो हप्तामा नै वर्ल्डवाइड पाँच सय करोडभन्दा बढी कमाई गरेको यो फिल्मले दोस्रो हप्ता पूरा भएसँगै सात सय करोडको आँकडा पनि पार गरेको छ । फिल्म ट्रेडका जानकार विजयबालनले एक ट्वीटद्वारा यो कुराको जानकारी दिएका छन् ।  


विजयबालनका अनुसार, फिल्मले पहिलो हप्तामा दुनियाँभरका सिनेमा घरबाट ५ सय २६ करोड ८६ लाख भारतीय रुपैयाँ कमाएको थियो । यसपछि दोस्रो हप्ताको पहिलो दिन फिल्मले २७ करोड ३१ लाख, दोस्रो दिन ३२ करोड ५७ लाख, तेस्रो दिन ३६ करोड ४५ लाख, चौथो दिन ३९ करोड २० लाख, पाँचौं दिन १७ कराड १३ लाख, छैठौं दिन १४ करोड ६६ लाख र सातौं दिन १६ करोड ८० लाख कमाएको छ । 

पहिलो र दोस्रो हप्ताको कमाई जोड्ने हो भने फिल्मले विश्वभरबाट कुल ७ सय १० करोड ९८ लाख भारतीय रुपैयाँ छापेको छ । ‘२.०’ ले पहिलो हप्तामा नै प्रभास स्टारर ‘बाहुबली : द बिगिनिंग’ को लाइफटाइम कमाईको रेकर्ड तोडेको थियो । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, पहिलो हप्ता हिन्दी भर्सनमा फिल्मले १ सय ३९ करोड ७५ लाख कमाएको थियो भने दोस्रो हप्तामा ३८ करोड छापेको छ । 

‘२.०’ को हिन्दी भर्सनको कमाई अहिलेसम्म १ सय ७७ करोड ७५ लाख भएको छ । यो फिल्म बिहीवार २९ नोभेम्बरमा रिलिज भएको थियो । यसकारण यसको पहिलो हप्ता आठ दिनको थियो । यो फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । वर्ष २०१० मा आएको रजनीकान्त र ऐश्वर्या राय बच्चनको सपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल हो । यो फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा ऐमी ज्याक्सनको पनि अहम् भूमिका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ