२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडकै महँगो फिल्म ‘२.०’को नयाँ किर्तिमान, पहिलो हप्तामै ५ सय करोड कमाई

२०७५, २९ मंसिर शनिबार १०:३८

मङ्सिर २९, काठमाण्डौ | सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘२.०’ ले हरेक दिन नयाँ-नयाँ किर्तिमान रचिरहेको छ । प्रदर्शनको पहिलो हप्तामा नै वर्ल्डवाइड पाँच सय करोडभन्दा बढी कमाई गरेको यो फिल्मले दोस्रो हप्ता पूरा भएसँगै सात सय करोडको आँकडा पनि पार गरेको छ । फिल्म ट्रेडका जानकार विजयबालनले एक ट्वीटद्वारा यो कुराको जानकारी दिएका छन् ।  


विजयबालनका अनुसार, फिल्मले पहिलो हप्तामा दुनियाँभरका सिनेमा घरबाट ५ सय २६ करोड ८६ लाख भारतीय रुपैयाँ कमाएको थियो । यसपछि दोस्रो हप्ताको पहिलो दिन फिल्मले २७ करोड ३१ लाख, दोस्रो दिन ३२ करोड ५७ लाख, तेस्रो दिन ३६ करोड ४५ लाख, चौथो दिन ३९ करोड २० लाख, पाँचौं दिन १७ कराड १३ लाख, छैठौं दिन १४ करोड ६६ लाख र सातौं दिन १६ करोड ८० लाख कमाएको छ । 

पहिलो र दोस्रो हप्ताको कमाई जोड्ने हो भने फिल्मले विश्वभरबाट कुल ७ सय १० करोड ९८ लाख भारतीय रुपैयाँ छापेको छ । ‘२.०’ ले पहिलो हप्तामा नै प्रभास स्टारर ‘बाहुबली : द बिगिनिंग’ को लाइफटाइम कमाईको रेकर्ड तोडेको थियो । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, पहिलो हप्ता हिन्दी भर्सनमा फिल्मले १ सय ३९ करोड ७५ लाख कमाएको थियो भने दोस्रो हप्तामा ३८ करोड छापेको छ । 

‘२.०’ को हिन्दी भर्सनको कमाई अहिलेसम्म १ सय ७७ करोड ७५ लाख भएको छ । यो फिल्म बिहीवार २९ नोभेम्बरमा रिलिज भएको थियो । यसकारण यसको पहिलो हप्ता आठ दिनको थियो । यो फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । वर्ष २०१० मा आएको रजनीकान्त र ऐश्वर्या राय बच्चनको सपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल हो । यो फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा ऐमी ज्याक्सनको पनि अहम् भूमिका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति