२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल आइडल सिजन २’ को उपाधि जित्ने कसको सम्भावना कती ? हेर्नुहोस्

२ पुष २०७५, सोमबार ११:५२

पुस २, काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ को यात्रा अन्तिममा पुगेको छ । आइडलमा अब ‘टप फोर’ मात्र बाँकी प्रतिस्पर्धी छन्, भने चारै जना प्रतिस्पर्धी फाईनलमा भिड्ने भएका छन् | ‘नेपाल आइडल सिजन–२’ग्य्राण्ड फिनाले पुस ६ गते ललितपुरस्थित पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आजोजकले जानकारी दिएको छ । आजोजकले गत हप्ताको बिहीबारदेखि अन्तिम आइडल चुन्नका लागि भोटिङ लाइन खुल्ला राखेको छ | आयोजकका अनुसार भोटिङ लाइन पुस ६ गते बेलुकी ५ बजेसम्म खुल्ला रहने छ |

भोटिङको आधारमा यी चार प्रतिस्पर्धी मध्ये एकले नेपाल आइडलको ताज जित्ने छन् |

रवि ओड, विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी मध्ये एकजनाले आफ्नो र समर्थकको सपना पूरा गर्ने छन् । 


नेपाल आइडलमा कसको सम्भावना कति हेर्नुहोस्:-

रवि वड:-

रविका समर्थक दिनप्रतिदिन थपिदै छन् । यसको उदाहरण उनले पाएको भोटले पनि बताउँछ । अहिलेसम्म ‘डेन्जर जोन’ मा नपरेका रवि उपाधि जित्न सक्ने मध्येका प्रवल दाबेदार हुन् ।

उनलाई देश–विदेशबाट ठूलो संख्यामा भोट आइरहेको छ । रविका लागि कयौं समर्थक अहोरात्र खटिरहेका छन् । सामाजिक सञ्जालको सक्दो सदुपयोग गर्दै रविलाई नै आइडल बनाउन उनका प्रशंसक खटिएको देख्दा उनी नै यो पटकको आइडल बन्न सक्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

सुदूरपश्चिमको कञ्चनपुरका रवि धनगढी अडिसनबाट आइडलमा सहभागिता जनाएका थिए । उनी सुदूरपश्चिमबाट आइडलमा बाँकी रहेका एक मात्र प्रतिस्पर्धी रहेकाले रविलाई त्यहाँबाट अत्यधिक भोट आइरहेको छ । यसकारण पनि रवि नेपाल आइडल बन्ने सम्भावना बढेर आएको छ ।


बिक्रम बरालः-

बिक्रम अन्य प्रतिस्पर्धीभन्दा परिपक्व पनि हुन् । उनले आइडलमा आउनुअघि पनि थुप्रै स्टेज तताइसकेका छन् । आइडलमा पनि बिक्रमले सबैको मन जित्न सफल भएका छन् ।

उनको दमदार प्रस्तुतीकै कारण ‘चलचित्रमा’ गीत गाउने अवसर पनि पाइसकेका छन् । साथै, बिक्रम ‘गोल्डेन माइक’ विजेता पनि हुन् । आइडलको निर्णायकको मुख्य रोजाइमा रहेका बिक्रमप्रतिको स्रोता–दर्शकको अत्यधिक साथले उनले नै आइडलको उपाधि जित्न सक्ने अनुमान गर्न सकिन्छ । बिक्रम पोखरा अडिसनबाट आइडलमा भाग लिएका थिए ।


सुमित पाठकः-

सुमित पनि बिक्रम जस्तै ‘गोल्डन माइक’ विजेता हुन् । त्यसकारण पनि आइडल आयोजकको नजर उनमा पनि केन्द्रित छ । तर, आयोजक वा निर्णायकको मात्र नजर भएर पुग्दैन । दर्शक–स्रोताको साथ अर्थात् अत्यधिक भोट पाउनु आवश्यक छ ।

सुमितले यसअघिका अंकमा उत्कृष्ट प्रस्तुती दिदै आएका भए पनि पछिल्लो दिनमा केही कमजोर देखिएका छन् । कम भोटकै आधारमा ‘बटम थ्री’ मा पर्ने गरिन्छ । यसको अर्थ सुमितले ‘उत्कृष्ट प्रस्तुती’ दिन सकेनन् कि भन्ने पनि अनुमान गर्न सकियो । उनले काठमाडौं अडिसनबाट आइडलमा भाग लिएका थिए ।


अस्मिता अधिकारीः-

अस्मिता आइडलमा उत्कृष्ट प्रस्तुती दिदै यहाँसम्म आएकी छन् । नेपाल आइडलको उपाधिकी दाबेदार मानिएकी अस्मिताको प्रस्तुती झन् दमदार हुँदै गएको छ । आइडलमा एक मात्र महिला प्रतिस्पर्धी बाँकी रहेकाले उनको यात्रा शिखरमा पुग्नसक्छ ।

उनी महिला भएर मात्रै होइन अस्मितामा भएको क्षमताको कारण उपाधि जित्नसक्ने सम्भावना पनि प्रवल छ । उनका समर्थकले पनि अस्मितालाइ नै उपाधि दिलाउन सामाजिक सञ्जालका भित्ता व्यापाक रंगाइ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै