२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (हेर्नुहोस् भिडियो)

२४ पुष २०७५, मंगलवार ०८:३७

पुस २४, काठमाडौं । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् । बिशेष गरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु भिडियोका लागी मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् ।


राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छि हे कान्छि’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्राएका हुन् । कृष्ण भक्त महर्जनको शब्द, संगीत रहेको गीत हरी शरण सायामीले एरेन्ज गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफि गरेको उक्त भिडियो उत्सव दाहालले खिचेका हुन् ।

ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केहि कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुनियो चोली लगाएरै पनि नृत्य गरेकी छिन् । आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागी यो भिडियो फरक हुने उनी बताउँछिन् । ‘कतिपय दर्शकले मैले बेली डान्स मात्र गर्छु भन्ने बुझ्नुहुन्छ उहाँहरुका लागी यो भिडियो फरक हुनेछ, यसमा कुर्ता सुरुवाल र गुनियो चोली पनि लगाएकी छु’ बिनुले भनिन् । यस्तै म्युजीक भिडियोमा पहिलो पटक बिवाहको दृश्य दिएकी बिनु भन्छिन् ‘अहिले सम्मको म्युजीक भिडियोहरुमा बिहे गरेकी थिइन्, म्युजीक भिडियोका लागी पनि यो मेरो पहिलो म्युजीक भिडियो हो, नयाँ अनुभव गरेँ ।’

यस्तै मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए । साथै उनले डान्सर बिनुको तारिफ पनि गरे । ‘बेली डान्सर भनेर चिनिराखेको बेली भन्दा फरक गीतमा पनि राम्रो नृत्य गर्नुहुदो रहेछ’ कमलले भने । भिडियोका निर्देशक सोनमले गीतको शब्द अनुसार कमल र बिनुको बिहे गराइदिएको बताए । भिडियो यसैसाता भित्र बजारमा आउने निर्देशक सोनमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ