२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (हेर्नुहोस् भिडियो)

२०७५, २४ पुष मंगलवार ०८:३७

पुस २४, काठमाडौं । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् । बिशेष गरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु भिडियोका लागी मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् ।


राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छि हे कान्छि’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्राएका हुन् । कृष्ण भक्त महर्जनको शब्द, संगीत रहेको गीत हरी शरण सायामीले एरेन्ज गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफि गरेको उक्त भिडियो उत्सव दाहालले खिचेका हुन् ।

ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केहि कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुनियो चोली लगाएरै पनि नृत्य गरेकी छिन् । आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागी यो भिडियो फरक हुने उनी बताउँछिन् । ‘कतिपय दर्शकले मैले बेली डान्स मात्र गर्छु भन्ने बुझ्नुहुन्छ उहाँहरुका लागी यो भिडियो फरक हुनेछ, यसमा कुर्ता सुरुवाल र गुनियो चोली पनि लगाएकी छु’ बिनुले भनिन् । यस्तै म्युजीक भिडियोमा पहिलो पटक बिवाहको दृश्य दिएकी बिनु भन्छिन् ‘अहिले सम्मको म्युजीक भिडियोहरुमा बिहे गरेकी थिइन्, म्युजीक भिडियोका लागी पनि यो मेरो पहिलो म्युजीक भिडियो हो, नयाँ अनुभव गरेँ ।’

यस्तै मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए । साथै उनले डान्सर बिनुको तारिफ पनि गरे । ‘बेली डान्सर भनेर चिनिराखेको बेली भन्दा फरक गीतमा पनि राम्रो नृत्य गर्नुहुदो रहेछ’ कमलले भने । भिडियोका निर्देशक सोनमले गीतको शब्द अनुसार कमल र बिनुको बिहे गराइदिएको बताए । भिडियो यसैसाता भित्र बजारमा आउने निर्देशक सोनमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति