२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शृंखला खतिवडा नेपाल–फ्रान्स सद्भावना दूत

२५ पुष २०७५, बुधबार १८:४८

पुस २६, काठमाडौं | मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन्। नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो। नेपालका तर्फबाट प्रस्ताव गरिएपछि उनी नियुक्त भएकी हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनको नाम प्रस्ताव गरेका थिए। यद्यपि उनी संयुक्त सद्भावना दूत हुन्। परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरेको पत्र हस्तान्तरण गरेका थिए।

छिमेकी चीनभन्दा पहिले नेपालले फ्रान्सँग कूटनीतिक सम्बन्ध कायम गरेको थियो। सम्बन्ध स्थापनाको सात दशक लामो यात्रा स्मरण गर्दै दुईपक्षीय सम्बन्धको प्रतीकचिह्न (लोगो) सचिव बैरागी, फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना दूत खतिवडाले संयुक्त रूपमा सार्वजनिक गरे।

नेपाल र फ्रान्सबीच सम्बन्ध स्थापना भएकोमा उच्चस्तरको भ्रमण, सहयोग, सहकार्य लगायतका विषयमा पनि दुईपक्षीय छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य