२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए मेरो हजुर ३’को छायांकनको लागि अमेरिका आइपुगे नायक अनमोल (६ तस्बिरमा हेर्नुहोस्)

२६ पुष २०७५, बिहीबार ०८:२२

विजय थापा | पुस २६, काठमाडौं | निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आईपुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए । 

संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समय सम्म चलचित्र उद्योगमा काम गरि सक्नु भएकी अग्रज झरना थापा संग काम गर्न निकै सहज भएको बताए । 


साथै आफूले मेहनत साथ काम गरि रहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरि दिनु हुन् अनुरोध समेत गरेका छन् । यसै गरि प्रथम चलचित्र खेल्ने अवसर पाएकी निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहाना थापाले अमेरिकामा छायाँकन गर्न पाउदा निकै उत्साहित भएको बताइन । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ । 

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नव नायिका सुहाना थापा केही दिन अगाडि अमेरिका आएका हुन् ।


साथै अनमोल संग काम गर्न पाउदा भाग्यमानी रहेको भन्दै अहिले सम्म भएको काममा आफू सन्तुष्ट भएको बताईन । यसै गरि निर्देशक झरना थापाले अमेरिकाको डीसी क्षेत्र ,न्यू योर्क तथा मायामीमा चलचित्रको अन्तिम छायाँकन गरिने बताइन । उनले अगाडी भनिन ,चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने लक्ष्य रहको बताउदै आउने चलचित्रलाई पहिला जस्तै माया गरि दिनु हुन् सबै दर्शकलाई अनुरोध गरेकी छिन् । 

निर्माता सुनिल कुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउदै यो चलचित्र समय मै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ ।  चलचित्रको प्रेम प्रसँग युक्त (रोमान्टिक) गीतका केही तस्बिरहरु सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य