२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलका सुरज थापाले बनाए ३ करोड नेपालीलाई रुवाउने यस्तो गीत( भिडियो सहित)

२०७५, ९ माघ बुधबार १०:४४

माघ ९, काठमाडौं | नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । 

ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै  पहिलो पटक  निर्देशनमा पाइला चालेका छन्  | पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् | लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् | गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको  ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ | भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ |

गायक सुरज थापाकै शब्द, संगीत तथा  एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन । भिडियोमा कलाकारहरु मन बहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिल माया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार , बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाई),जुनु थापा (छोरी),  मुख्य फिचर्ड रहेका छन् । 

हेर्नुस भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति