२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहीत शेट्टीले सलमान खानसंगै ‘एक्शन फिल्म’ निर्माण गर्ने

२०७५, १५ माघ मंगलवार ०६:५८

माघ १५, काठमाडौं | बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ ।


फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । यस फिल्मको सफलतासँगै रोहीत उनको अरु प्रोजेक्टको तयारीमा लागि सकेका छन् । 

रोहीत शेट्टीले फिल्म ‘सिंघम’ को चौथो सिरीज ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमारलाई मुख्य अभिनेताको रुपमा लिइसकेका छन् । निर्देशक रोहीत शेट्टीले उनको नयाँ फिल्ममा अभिनेता सलमान खानलाई कास्ट गर्ने बताइएको छ ।

रोहीत सलमान खानका साथ फिल्म निर्माण गर्न चाहिरहेका छन् । जसमा उनलाई साजिद नाडियाडवालाले साथ दिनेछन् । रोहीत र साजिदलाई सलमान खानको ‘किक’ फिल्ममा रहेको देवीलाल सिंह ‘डेविल’ को भूमिका मन परेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमले बताए अनुसार यो फिल्म एक्शनले भरपुर हुनेछ । अहिले सलमान खान फिल्म ‘भारत’ को छायांकनमा व्यस्त छन । त्यस पछि उनी फिल्म ‘दबंग ३’ को काम सुरु गर्नेछन् ।

रोहीत शेट्टी पनि अहिले फिल्म ‘सूर्यवंशी’ को छायाकंनमा व्यस्त छन् । यि सबै फिल्मको काम सकिए लगत्तै रोहीत र सलमानले नयाँ फिल्मको काम सुरु गर्ने बताइएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति