२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भियतनाममा खिचियो लभ स्टेशन नयाँ गीत, २२ चैतमा चलचित्र रिलिज हुँदै

२०७५, २० माघ आईतवार ११:०५

माघ २०, काठमाडौं | चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो ।

यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको एउटा गीत छायाँकन गरिएको छ । यो चलचित्रको लभ सङ घाम जुन नै चाहिँदैन…को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।


यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाँकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो ।  

यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले लभ स्टेशनको रिलिज मिति घोषणा गर्दै यसलाई २२ चैतमा रिलिज गर्नु लागेको बताए । कारणबारे उनले भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’


यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए । नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको प्रदीपले बताए ।


लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति