२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित हाँस्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ ४ सय औं भागमा प्रवेश

२३ माघ २०७५, बुधबार १२:०५

माघ २३, काठमाडौँ । बिगत ९ बर्ष देखि निरन्तर रुपमा कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे  प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र "हर्के हल्दार" ४०० भागमा प्रवेश गरेको छ । सम-समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र "हर्के हल्दार" ४०० भाग सम्म आइपुग्दा हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको "हर्के हल्दार" ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । कान्तिपुर टेलिभिजनको एक मात्र चर्चित हास्य टेलीसिरियल "हर्के हल्दार" दर्शकहरुको अपार मायाले गर्दा प्रत्यक हप्ता युट्युब ट्रेडिङ्गमा समेत पर्दै आएको छ । 


शिव शर्माको लेखन रहेको "हर्के हल्दार" को मुख्य भूमिकामा बिष्णु सापकोटा( हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने), जयनन्द लामा(ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा(बाहुनी), इन्द्र दोङ्ग खम्बे, शिब शर्मा, सरु दाहाल(देउती), अश्मिता बस्नेत(थुम्की), शान्ति बस्नेत(बाग्मती), रचना पौडेल(बास्मती), शर्मिला शर्मा, राजेन्द्र गिरि(गुन्द्रुके),यदु धिताल,लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी(जोगेलो), दिपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राइ रहेका छन l छायाँकार बुद्ध थापाको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा नबराज बखती तथा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र "हर्के हल्दार"लाइ बिष्णु सापकोटा तथा इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिदै "हर्के हल्दार" विभिन्न परिबेशमा परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ । आगामी दिनहरुमा समेत नयाँ नयाँ प्रस्तुति दिएर दर्शकहरुको मन जित्दै आउने कुरा निर्देशक बिष्णु सापकोटा बताउछन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य