<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम दिवसको अवसरमा गायक शिव परियारले ल्याए यस्तो गीत (भिडियोसहित)

२८ माघ २०७५, सोमबार ०८:१८

माघ २८, काठमाडौं | नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत "तिमि नै मेरो सास हौ" को भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको 'तिमि नै मेरो सास हौ' गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको अत्यन्तै मिठो शब्द रहेको छ भने आशिष अविरलको जादमयी संगीत तथा एरेन्ज रहेको छ । गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यहि जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ ।  बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ