सान्नानी, जमुना, तुलशी, साली, कान्छीमोरी, गोरी जस्ता केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “टिकुली “आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट सार्वजनिक गरेका छन ।
रमाईलो पारामा बनाईएको गीतलाई आवाज र संगीत बाबु बोगटीले दिएका छन । अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन ! जस्तो गीत त्यस्तै भिडीयो गम्भीर बिष्टले तयार गरेका छन ।
अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गीतमा अभिनय गरेका छन । बाबु बोगटीको स्वाद बोकेको गीत र भिडीयो तयार भएको छ ।