२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल गायिका लिजा लामा ब्यबसायिक संगीतमा फड्को मार्दै

२२ फाल्गुन २०७५, बुधबार १५:५८

फागुन २२, काठमाडौँ | "मलाई नेपाली चेली भन्दा सुहाएकै छ" बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l  जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्रसाद ठान्छिन् ।

आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका लिजा लामा । सुदेशा बिद्यालय नख्खुमा कक्षा ७ मा अध्ययनरत लिजा लामा भर्खर १३ वर्ष मात्र लागिन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी लिजाको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।

आधुनिक, लोक र पप गीतसम्म गाउन सक्ने लिजाले हालै "मलाई नेपाली चेली भन्दा सुहाएकै छ"  नामक गितको म्युजिक भिडियो समेत बजारमा ल्याएकी छिन । सानै उमेरदेखि आफ्नै बिद्यालयमा संगीत सिक्दै अध्ययनमा लागेकी लिजा भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो बाबालाइ दिने बाल गायिका लिजा लामा निर्माता निर्देशक बाबा राजु लामाको प्रेरणा बाट साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् ।

भर्खरै मात्र ब्यबसायिक संगीतमा प्रवेश गरेकी गायिका लिजाले गीतकार तथा संगीतकार दिपक रमणको नयाँ गित "मखमली चोली साह्रै टिम्मिकै भन्छन है मोरी क्या साह्रो गोरी" मा रु-२५०००(पच्चीस हजार) पारिश्रमिक लिएर दोश्रो गित रेकर्ड गराएकी छिन l सानै उमेरमा यति धेरै पारिश्रमिक लिएर गायन पेशामा फड्को मारेकी बाल गायिका लिजाको सांगीतिक भबिष्य उज्जवल देख्न सकिन्छ l

उनि भन्छिन यसमा मेरो बुवा निर्माता निर्देशक राजु लामा र ममी लक्ष्मी खड्का लामाले पनि धेरै सहयोग गर्नुभयो र बाबाको साथ् र सहयोगले गर्दा नै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा बताउँछिन । उनी थप्छिन्, ‘गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागिपर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ