२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल गायिका लिजा लामा ब्यबसायिक संगीतमा फड्को मार्दै

२०७५, २२ फाल्गुन बुधबार १५:५८

फागुन २२, काठमाडौँ | "मलाई नेपाली चेली भन्दा सुहाएकै छ" बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l  जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्रसाद ठान्छिन् ।

आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका लिजा लामा । सुदेशा बिद्यालय नख्खुमा कक्षा ७ मा अध्ययनरत लिजा लामा भर्खर १३ वर्ष मात्र लागिन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी लिजाको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।

आधुनिक, लोक र पप गीतसम्म गाउन सक्ने लिजाले हालै "मलाई नेपाली चेली भन्दा सुहाएकै छ"  नामक गितको म्युजिक भिडियो समेत बजारमा ल्याएकी छिन । सानै उमेरदेखि आफ्नै बिद्यालयमा संगीत सिक्दै अध्ययनमा लागेकी लिजा भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो बाबालाइ दिने बाल गायिका लिजा लामा निर्माता निर्देशक बाबा राजु लामाको प्रेरणा बाट साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् ।

भर्खरै मात्र ब्यबसायिक संगीतमा प्रवेश गरेकी गायिका लिजाले गीतकार तथा संगीतकार दिपक रमणको नयाँ गित "मखमली चोली साह्रै टिम्मिकै भन्छन है मोरी क्या साह्रो गोरी" मा रु-२५०००(पच्चीस हजार) पारिश्रमिक लिएर दोश्रो गित रेकर्ड गराएकी छिन l सानै उमेरमा यति धेरै पारिश्रमिक लिएर गायन पेशामा फड्को मारेकी बाल गायिका लिजाको सांगीतिक भबिष्य उज्जवल देख्न सकिन्छ l

उनि भन्छिन यसमा मेरो बुवा निर्माता निर्देशक राजु लामा र ममी लक्ष्मी खड्का लामाले पनि धेरै सहयोग गर्नुभयो र बाबाको साथ् र सहयोगले गर्दा नै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा बताउँछिन । उनी थप्छिन्, ‘गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागिपर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति