२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्देशक राजामौलीले ‘बाहुबली’ भन्दा पनि उत्कृष्ट फिल्म ‘आरआरआर’ लिएर आउँदै

२७ फाल्गुन २०७५, सोमबार ०६:४८

फागुन २७, काठमाडौं | सुपरहिट फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्म ‘आरआरआर’ ल्याउने भएका छन् । उनले फिल्म आरआरआर बनाउन अझै एक वर्ष जति लाग्ने बताएका छन् ।

उनले आफ्नो यस फल्मको बारेमा बोल्दै केही समय पहिले भनेका थिए, ‘यसले दर्शकलाई अचम्मित पार्नेछ ।’


बाहुबलीभन्दा पनि उत्कृष्ट कथामा बन्ने बताइएको फिल्म आरआरआरमा तेलगु फिल्म उद्योगका सुपरस्टार रामचरण र जुनियर एनटीआर एकसाथ देखिनेछन् ।

राजामौली, जो आफ्ना दमदार कथाका कारण परिचित छन्, प्रि-पोडक्सनमा लामो समय बिताउने निर्देशकको रुपमा पनि चिनिन्छन् । बाहुबलीको निर्माण गर्नमा उनलाई पाँच वर्ष लागेको थियो भने यसको प्रि-प्रोडक्सनको लागि डेढ वर्ष लागेको थियो ।

उनले आफ्नो नयाँ फिल्म आरआरआरको प्रि-प्रोडक्सनको लागि पनि एक वर्षको समय तोकेका छन् ।

यस फिल्मलाई उनले सन् २०२०मा रिलिज गर्ने तयारी गरेका छन् । फिल्मको बजेट करिब ३ सय करोड हुने बताइएको छ र ६ भाषामा रिलिज गरिने बताइएको छ ।

। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ