२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्देशक राजामौलीले ‘बाहुबली’ भन्दा पनि उत्कृष्ट फिल्म ‘आरआरआर’ लिएर आउँदै

२०७५, २७ फाल्गुन सोमबार ०६:४८

फागुन २७, काठमाडौं | सुपरहिट फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्म ‘आरआरआर’ ल्याउने भएका छन् । उनले फिल्म आरआरआर बनाउन अझै एक वर्ष जति लाग्ने बताएका छन् ।

उनले आफ्नो यस फल्मको बारेमा बोल्दै केही समय पहिले भनेका थिए, ‘यसले दर्शकलाई अचम्मित पार्नेछ ।’


बाहुबलीभन्दा पनि उत्कृष्ट कथामा बन्ने बताइएको फिल्म आरआरआरमा तेलगु फिल्म उद्योगका सुपरस्टार रामचरण र जुनियर एनटीआर एकसाथ देखिनेछन् ।

राजामौली, जो आफ्ना दमदार कथाका कारण परिचित छन्, प्रि-पोडक्सनमा लामो समय बिताउने निर्देशकको रुपमा पनि चिनिन्छन् । बाहुबलीको निर्माण गर्नमा उनलाई पाँच वर्ष लागेको थियो भने यसको प्रि-प्रोडक्सनको लागि डेढ वर्ष लागेको थियो ।

उनले आफ्नो नयाँ फिल्म आरआरआरको प्रि-प्रोडक्सनको लागि पनि एक वर्षको समय तोकेका छन् ।

यस फिल्मलाई उनले सन् २०२०मा रिलिज गर्ने तयारी गरेका छन् । फिल्मको बजेट करिब ३ सय करोड हुने बताइएको छ र ६ भाषामा रिलिज गरिने बताइएको छ ।

। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति