२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘लभ स्टेशन’ २७ लाखमा अष्ट्रेलिया बिक्री

१ चैत्र २०७५, शुक्रबार ०५:२८

चैत १, काठमाडौं | चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । 

यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।


नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । 

यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ ।  लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।  

को ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलरको एक सातादेखि युटयुव नेपालमा ट्रेनडिङमा रहँदै आएको छ । चलचित्र लभ स्टेशनलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।


आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ