चैत २, काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ‘माया जिन्दावाद’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ ।
टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको अभिनय रहेको ‘माया जिन्दावाद’ मा शिशिर भण्डारी पनि फिचर्ड छन् भने शब्द पनि उनैको रहेको छ ।
गीतमा शिशिर भण्डारी र विन्दु परियारको स्वर रहेको छ भने दिपक सिलवालले संगीत भरेका छन् ।
प्रिज्मा र प्रिन्सी फेसबुक, ट्विटर, टिकटक, इन्स्ट्राग्राम आदिको दुनियाँमा कैयौंको मनमा बसेका छन्।
कुनै खास सार्वजनिक छवि नभए पनि सामाजिक सञ्जालमा थुप्रै फ्यान बटुल्न सफल ‘सिटिजन सेलिब्रेटी’ हुन्, प्रिज्मा एन्ड प्रिन्सी खतिवडा ।
उनीहरूको संयुक्त टिकटक एकाउन्ट ‘ट्विन्नी गल्र्स’लाई २४ लाखभन्दा बढीले पछ्याएका छन् भने प्रिज्माको ब्यक्तिगत टिकटक एकाउण्टमा ४ लाख १९ हजार बढी फ्यान छन् ।
भिडियोः