२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारसँग भेट्ने बोल्ने गरेकै छु, अरु के चाहियो भन्दै नायिका वर्षा आक्रोशीत, उत्सवले भने सरी

३ चैत्र २०७५, आईतवार ०३:३५

चैत ३, काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफूलाई मिडिया तथा अन्य केहि चलचचित्रकर्मिहरुले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । गएको शुक्रबारबाट प्रदर्शनमा आएको वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा केहि मिडियाहरुबाट आफूलाई साथ नमिलेको बताइन् ।

शनिबार दर्शकसँगै बसेर राजधानीको कुमारी हलमा चलचित्र हेरेकी वर्षाले सञ्चारकर्मिहरुसँग कुरागर्दै केहि मिडियाहरु चर्चित सेलिब्रेटीहरुको पछि लागेको आरोप समेत लगाइन् । साथै उनले मिडियाले चलचित्रको बिषयमा भन्दा सेलिब्रेटीका अन्य बिषयलाई स्थान दिएको बताउँछिन् । ‘शुक्रबारबाट आएका चलचित्रहरुको बिषयमा समाचार आएनन् तर सेलिब्रेटीका ब्यक्तिगत कुराहरु एकपछि अर्को समाचार आइरहेका छन्’ वर्षाले भनिन् ।


वर्षाले धेरै कलाकारहरुको प्रतिनिधित्व गरेको आफूले बोलेको बताउँछिन्, ‘धेरै कलाकारहरुको बोली हो यो, मात्र भन्न नसक्नुभएको होला ।’ उनले धेरै दर्शकहरुबाट आफूलाई किन चुप लागेर बस्नु भएको प्रश्न आउने गरेको बताइन् । ‘मैले त्यस्तो केहि तडकभडक गर्ने गर्दिन, मिडियामा आइरहनेमा पर्दिन त्यसैले पनि धेरैले किन चुप लागेर बस्नुहुन्छ सधैं भन्ने प्रश्न आउँछ ।’ वर्षाले भनिन् । 

वर्षाले शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत गुनासो पोख्दै यस्तो लेखेकी थिइन् । ‘न म स्टारकिड, न म कसैको गर्लफ्रेण्ड, न म कुनै हिट ब्यानरको रेगुलर मेम्वर, न म कुनै युट्युव च्यानलको अफिसियल हिट एक्टर । बस कामको परिचर बनाउन निरन्तर एक्लो लागिराको बिचारा, सो कल्ड रिजर्भ आर्टिष्ट । अनि हलसम्म मेरा लागि किन जाने ? वेष्ट फर टाइम, फिल्मको त के कुरा गर्नु ? हिट एक्टर हिट मुभि ।’ 

(यो समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले