२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारसँग भेट्ने बोल्ने गरेकै छु, अरु के चाहियो भन्दै नायिका वर्षा आक्रोशीत, उत्सवले भने सरी

२०७५, ३ चैत्र आईतवार ०३:३५

चैत ३, काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफूलाई मिडिया तथा अन्य केहि चलचचित्रकर्मिहरुले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । गएको शुक्रबारबाट प्रदर्शनमा आएको वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा केहि मिडियाहरुबाट आफूलाई साथ नमिलेको बताइन् ।

शनिबार दर्शकसँगै बसेर राजधानीको कुमारी हलमा चलचित्र हेरेकी वर्षाले सञ्चारकर्मिहरुसँग कुरागर्दै केहि मिडियाहरु चर्चित सेलिब्रेटीहरुको पछि लागेको आरोप समेत लगाइन् । साथै उनले मिडियाले चलचित्रको बिषयमा भन्दा सेलिब्रेटीका अन्य बिषयलाई स्थान दिएको बताउँछिन् । ‘शुक्रबारबाट आएका चलचित्रहरुको बिषयमा समाचार आएनन् तर सेलिब्रेटीका ब्यक्तिगत कुराहरु एकपछि अर्को समाचार आइरहेका छन्’ वर्षाले भनिन् ।


वर्षाले धेरै कलाकारहरुको प्रतिनिधित्व गरेको आफूले बोलेको बताउँछिन्, ‘धेरै कलाकारहरुको बोली हो यो, मात्र भन्न नसक्नुभएको होला ।’ उनले धेरै दर्शकहरुबाट आफूलाई किन चुप लागेर बस्नु भएको प्रश्न आउने गरेको बताइन् । ‘मैले त्यस्तो केहि तडकभडक गर्ने गर्दिन, मिडियामा आइरहनेमा पर्दिन त्यसैले पनि धेरैले किन चुप लागेर बस्नुहुन्छ सधैं भन्ने प्रश्न आउँछ ।’ वर्षाले भनिन् । 

वर्षाले शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत गुनासो पोख्दै यस्तो लेखेकी थिइन् । ‘न म स्टारकिड, न म कसैको गर्लफ्रेण्ड, न म कुनै हिट ब्यानरको रेगुलर मेम्वर, न म कुनै युट्युव च्यानलको अफिसियल हिट एक्टर । बस कामको परिचर बनाउन निरन्तर एक्लो लागिराको बिचारा, सो कल्ड रिजर्भ आर्टिष्ट । अनि हलसम्म मेरा लागि किन जाने ? वेष्ट फर टाइम, फिल्मको त के कुरा गर्नु ? हिट एक्टर हिट मुभि ।’ 

(यो समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति