२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जीवन काँडा कि फूल’ भियनामा

२०७५, १२ चैत्र मंगलवार १०:२४

चैत १२, काठमाडौँ  | अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो । 

नेपालबाट भियना पुग्नुभएका चलचित्रका निर्देशक विनोद विष्ट, बेलायतबाट भियना पुग्नुभएका ‘जीवन काँडा की फूल’ पुस्तकका प्रकाशक विश्वासदीप तिगेला र राजदूत सुवेदीले चलचित्रबारे बोल्नुभएको थियो । चलचित्र हेरेर धेरै दर्शकका आँखा रसाएका थिए । 

विशेष चलचित्र मात्र प्रदर्शन गरिने फिल्म क्यासिनो हलमा नेपाली चलचित्र प्रदर्शन गर्नु गर्वको विषय भएको सहभागी रुद्र विश्कर्माले बताउनुभयो । अन्य दर्शकले चलचित्र नौलो, रोचक र प्रेरणादायी भएको बताए । प्रदर्शनीको आयोजना अष्ट्रियाली नेपाली समाज सगरमाथाले गरेको हो । समाजका अध्यक्ष शिला स्टाइनरले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमलाई नेपाली सामाजिक तथा सांस्कृतिक संस्था (नेसासा) को पनि साथ र सहयोग थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति