२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिकाले रेष्टुरेन्टका कर्मचारीलाई थप्पड हानेपछि…

२०७५, १९ चैत्र मंगलवार ०७:०५

काठमाडौं | भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्ट बाहिर ठूलै हंगामा गरेकी छिन्  । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् ।


स्पटबोयको रिपोर्ट अनुसार रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर राती दुई बजे बान्द्राको लिंकिंग रोडको एउटा रेष्टुरेन्टमा पुगिन् । रेष्टुरेन्ट बन्द भइसकेको थियो तर रुहीले रेष्टुरेन्टका कर्मचारीलाई खोल्न अह्राइन्  । उनी रेष्टुरेन्टको बाथरुम प्रयोग गर्न चाहन्थिन् । जब रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन दिएनन् तब उनले कर्मचारीमाथि हातपात गरिन् । अबेर राती भएको यो हंगामा पछि कर्मचारीले पुलिसलाई फोन गरे ।

रिपोर्ट अनुसार पुलिस पुग्दा नायिका र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारी बहस गरिरहेका थिए । पुलिसले जब नायिकालाई सम्झाए तब रुहीले पुलिसलाई हातपात गर्न थालिन् । घटनाको जब भिडियो बनाइयो तब रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानिन् । रुहीसँग भएका दुई साथीले पनि पुलिसलाई धक्का दिए ।

रुही सिंहको एउटा भिडियो भाइरल भइरहेको छ जसमा नायिकाले पुलिसको ब्याचलाई आफ्नो हातमा लिएर ‘ल, बनाउ त भिडियो, मेरो हातमा ब्याच छ’ भनिरहेकी छिन् । रुहीले रेष्टुरेन्टको बाहिर पार्किङमा भएको गाडीलाई पनि ठक्कर दिइन् । जानकारीका अनुसार नायिका आफैंले गाडी चलाइरहेकी थिइन् । नायिकाले रक्सी पिए नपिएको भन्नेबारे अहिले नै पुष्टि नभइसकेको बताइएको छ । जानकारीका अनुसार रुहीको कारलाई पनि जफत गरिएको छ । रुहीका दुई साथीलाई पनि पुलिसले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति