२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिव परियारको सुमधुर आवाजमा ‘आँशुको अर्थ २’ सार्वजनिक (भिडियोसहित)

२०७५, २१ चैत्र बिहीबार ०६:१२

चैत २१, काठमाडौं | नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – 'मेरो भागको खुशी तिमीलाई मिलोस'को भिडियो सार्वजनिक गरिएको छ ।

'आँशुको अर्थ'लाई  युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ । ‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – 'मेरो भागको खुशी तिमीलाई मिलोस' को भिडियो सार्वजनिक गरिएको हो । यस गीतलाई  संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । गीतलाई संगीत  संयोजन  उदय राज पौडेलले गरेका हुन् ।

‘आँशुको अर्थ २ – 'मेरो भागको खुशी तिमीलाई मिलोस' गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना  योगीको जिवन्त अभिनय रहेको छ । 'आँशुको अर्थ'मा भने  नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो  ।

यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काको निर्देशन गरेका हुन्  । बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति