२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘यात्रा’ अफरः ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

२०७५, २५ चैत्र सोमबार ०८:१४

चैत २५, काठमाडौं  । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । 

प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र 'यात्रा' को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्नेछन् । 


मेरोमकै डट कममार्फत् सार्वजनिक गरिएको प्रतियोगितामा भाग लिन https://meromakaii.com/yatra लिंक क्लिक गरेर उत्तर दिनुपर्नेछ । 

यस्त छन् प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियम र प्रश्न-

चलचित्र 'यात्रा'मा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् ? कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्-

१. उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् । 

२. उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् । 

३. उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् । 

४. उनी जन्मजात दृष्टिविहिन हुन् । 

५. कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप (हत्याबाहेक) देखेकी थिइन् । 

६. कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् । 

७. माथिका कुनै पनि होइनन् ।

प्रतियोगिताका नियमहरुः

१. 'यात्रा' चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् । 

२. एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ ।  

३. एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ । 

३. प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।   

४. प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिनेछ ।  

५. यो प्रतियोगिता रमाइलोको लागि गरिएको हो । त्यसैले कृपया तपाईंको साथी र परिवारसँग शेयर गर्नुहोस् र रमाइलो गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति