२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक पशुपति शर्मा राष्ट्रपतिद्वारा बितरित पदक थाप्न नगएपछि…

३ बैशाख २०७६, मंगलवार ०९:००

वैशाख ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई सोमबार विभिन्न पदकले सुशोभित गरिन् । 

गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा राष्ट्रपति भण्डारीले पदक वितरण गरेकी हुन् ।


पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि सुचिकृत थियो । तर, शर्मा भने पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् ?

गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनामा पशुपतिको नाम अहिले पनि देखिन्छ । 

विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थसँग कुरा गर्दा उनले पशुपतिको नाम सुचीबाट नकाटिएको बताए । उनले पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए ।

एक सय ४३ जनालाई नै पदक वितरणको तयारी गरिएको तर, उनीहरुमध्ये कसले लिए वा लिएनन् भन्ने विवरण आफूलाई प्राप्त नभएको पन्थ बताउँछन् ।

गृह मन्त्रालयले पदक वितरण हुनेबारे ९ दिन अगाडि सुचना प्रकाशित गरेको थियो । प्रकाशित सुचनामा पुरस्कृत हुने सबैलाई आफ्नो परिचयपत्रसहित चैत २६ गतेदेखि २९ गतेसम्म गृह मन्त्रालयको विभूषण शाखामा आएर प्रवेशपत्र लिन आग्रह गरिएको थियो ।

गायक शर्माले भने आफूलाई पदक वितरण हुने दिनबारे जानकारी नभएको र फोन पनि नआएको बताएका छन् । यस विषयमा पन्थीले मन्त्रालयका कर्मचारीहरुले फोन गर्दा शर्माले नउठाएको वा नलागेको हुन सक्ने उल्लेख गरे ।

केही समयअघि शर्माले गाएको लुट कान्छा लुट गीतको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आलोचना गरेका थिए । विवाद आएपछि शर्माले उक्त गीत यूट्यूबबाट हटाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले मन नपराएपछि’ पशुपतिले गीत हटाएको दावी गरेका थिए ।

पदक वितरणसँग यो विवादको कुनै साइनो नभएको सहसचिव पन्थले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले