२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक पशुपति शर्मा राष्ट्रपतिद्वारा बितरित पदक थाप्न नगएपछि…

२०७६, ३ बैशाख मंगलवार ०९:००

वैशाख ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई सोमबार विभिन्न पदकले सुशोभित गरिन् । 

गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा राष्ट्रपति भण्डारीले पदक वितरण गरेकी हुन् ।


पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि सुचिकृत थियो । तर, शर्मा भने पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् ?

गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनामा पशुपतिको नाम अहिले पनि देखिन्छ । 

विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थसँग कुरा गर्दा उनले पशुपतिको नाम सुचीबाट नकाटिएको बताए । उनले पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए ।

एक सय ४३ जनालाई नै पदक वितरणको तयारी गरिएको तर, उनीहरुमध्ये कसले लिए वा लिएनन् भन्ने विवरण आफूलाई प्राप्त नभएको पन्थ बताउँछन् ।

गृह मन्त्रालयले पदक वितरण हुनेबारे ९ दिन अगाडि सुचना प्रकाशित गरेको थियो । प्रकाशित सुचनामा पुरस्कृत हुने सबैलाई आफ्नो परिचयपत्रसहित चैत २६ गतेदेखि २९ गतेसम्म गृह मन्त्रालयको विभूषण शाखामा आएर प्रवेशपत्र लिन आग्रह गरिएको थियो ।

गायक शर्माले भने आफूलाई पदक वितरण हुने दिनबारे जानकारी नभएको र फोन पनि नआएको बताएका छन् । यस विषयमा पन्थीले मन्त्रालयका कर्मचारीहरुले फोन गर्दा शर्माले नउठाएको वा नलागेको हुन सक्ने उल्लेख गरे ।

केही समयअघि शर्माले गाएको लुट कान्छा लुट गीतको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आलोचना गरेका थिए । विवाद आएपछि शर्माले उक्त गीत यूट्यूबबाट हटाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले मन नपराएपछि’ पशुपतिले गीत हटाएको दावी गरेका थिए ।

पदक वितरणसँग यो विवादको कुनै साइनो नभएको सहसचिव पन्थले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति