२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेतो दाह्री, अनुहारमा थकान, साथमा श्रीमती: विदेशबाट उपचार गरेर फर्किए अक्षय कुमार

२०७६, ६ बैशाख शुक्रबार १२:१४

५१ बर्षका अक्षय कुमार विदेशमा आफ्नो उपचार गरेर स्वदेश फर्किएका छन् । एयरपोर्टमा अक्षयकि श्रीमती ट्विङकलसँग अक्षयलाई देख्दा उनको सेतो दाह्री र अनुहारमा थकान देख्न सकिन्थ्यो । उनले टोपी लगाएका थिए । त्यस क्रममा अक्षयसँग केहिले सेल्फी लिने कोशिस गरे तर उनले स्वीकार गरेनन् । 

भारतीय संचारमाध्यममा आएको समाचार अनुसार अक्षय हाइड्रोथेरापी ट्रीटमेन्ट लिनको लागि जर्मनी गएका थिए । संचार मध्यमहरुले उल्लेख गरे अनुसार, हरेक बर्ष गर्मी मौषममा अक्षय यो थेरापी लिनको लागि जाने गरेका छन् । जुन थेरापी उनले आफूलाई चुस्त-दुरुस्त राख्नको लागि गर्ने गरेका छन् । किनकी अक्षय बलीवुडका त्यस्तो स्टारमा पर्छन, जो आफ्नो धेरैजसो स्टन्ट आफै गर्न मन पराउँछन् । ५१  बर्षको उमेरमा पनि उनि रिस्क लिन डराउदैनन् । उनकी पछिल्लो फिल्म केसरीमै पनि कयौं एक्शन सीन अक्षय आफैले गरेका थिए, जसमा 'रोप क्लाइम्बिङ' पनि गरिएको छ ।


हाइड्रोथेरेपीमा पानीको माध्यमबाट समस्याहरुको उपचार गरिन्छ । आजकालको भागदौडले भरिएको जीवनमा थेरापी हरेक कामकाजी मानिसको लागि थकान र तनाव हटाउनको लागि महत्वपूर्ण हुन्छ । यो थेरापीले केवल मांशपेशीलाई मात्र ठीक गर्दैन, यसले मानव शरीरलाई मेन्टेन गर्नमा मद्धत पुर्याउँछ । 

अक्षयको आगामी कामको कुरा गर्ने हो भने उनले अब बिभिन्न ४ फिल्ममा काम गर्दै छन् । जसमा सूर्यवंशी, मिशन मंगल, 'गुड न्यूज' र 'हाउसफुल ४' रहेका छन् । आगामी कामको चापलाई ध्यान दिंदै उनले जर्मन पुगेर हाइड्रोथेरापी ट्रीटमेन्ट गरेर फर्किएको बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति