२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाह, प्रमोद खरेल र टिकटक क्विन प्रिन्सी-प्रिज्मा अभिनित ‘झुमा झुमा’ सार्वजनिक (भिडियो)

६ बैशाख २०७६, शुक्रबार १५:४८

वैशाख ६, काठमाडौं | गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलबाट झुमा २ शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ।

गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला भद्रगोलका निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन्। हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो।

गीत झुमाको भाग २ हो या के हो भन्ने सन्दर्भममा गायक प्रमोद खरेल भन्छन्, ‘यस गीतमा झुमा झुमा भन्ने शब्द मात्रै दोहोरिएको हो। यसका रचनाकार तथा संगीतकार सबै फरक भएकोले यसलाई झुमा २ भन्न मिल्दैन होला। तर दर्शकले यसलाई झुमा २ नै भन्नु हुन्छ होला। ’

गायक प्रमोद खरेल र नायक पल शाह संग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायाँकन गर्दा रमाइलो भएको अनुभव साटेका छन्। गीत सार्वजनिक भएपछि निर्देशक दीपक आचार्यले यस अघि पनि प्रमोद खरेलको चर्चित गीत चल बतास चल निर्देशन गरेको हिसाबले दोस्रो पटक काम गर्दा खुशी लागेको बताए। सार्वजनिक भएको गीतलाई आफ्नो यसअघिको कामलाई जस्तै गरी माया गर्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ