२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा गम्भिर घाइते

७ बैशाख २०७६, शनिबार ०६:२८

बैशाख ७, काठमाडौं | बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा ठूलो दुर्घटनामा परेका छन् ।

विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको हो ।

मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन् ।


गत अप्रिल १८ मा गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको थियो । उनलाई तुरुन्त स्थानीय अस्पताल लगिएको थियो ।

त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइएको थियो ।

घटनामा उनको अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर पनि भएको बताइएको छ । त्यस्तै १३ वटा टाँका पनि लगाउन परेको भनिएको छ ।

उक्त हरर चलचित्रको निर्माण करण जोहर गरिरहेका छन् । चलचित्रको निर्देशन शशांक खेतान तथा सहायक निर्देशक भानुप्रताप सिंह रहेका छन् ।

चलचित्रमा विक्कीसँगै मुख्य नायिकामा भूमि पेडनेकर रहेका छन् । यो चलचित्र यसै वर्ष रिलिज गर्ने तयारी गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ