२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायक विराज भट्ट र निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट

२०७६, १० बैशाख मंगलवार ०७:५२

बैशाख १०, काठमाडौं | नायक विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच झडप भएको छ ।

सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् ।

‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो । यो फिल्म निर्माणका लागि विराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै पुसमा प्रोडक्शन डिजाइनरको रुपमा सम्झौता गरेका थिए ।  तर, अहिलेसम्म सुरु हुन सकेको छैन ।

सोमबार पनि क्याफेमा विराजले पाण्डेलाई फिल्म सुरु गर्ने विषयमा छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए ।

पाण्डेको जवाफ सुनेपछि विराजले पैसा फिर्ता मागेका थिए । तर, पाण्डेले आफूले ४ महिनाभन्दा बढी समयदेखि यो चलचित्रमा काममा हिँडेकोले पैसा फिर्ता दिन नसक्ने जवाफ दिए पछि विराजले पाण्डेलाई झापड हानेका थिए । भट्टले हिर्काएपछि पाण्डे भूइँमा लडेका थिए ।

पाण्डे उक्त क्याफेमा चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेसँगै गएका थिए । केशव भने अर्काे कुनामा बसेका थिए ।  विराजले शंकरलाई कुटेपछि केशवले विराज भएको ठाउँमा पुगेर हात समातेका थिए । केसवले हात समातेपछि शंकरले पनि विराजलाई केही मुक्का हिर्काएका थिए ।

दुबैबीच हात हालहाल भएपछि क्याफेका मालिकले दुबैलाई क्याफेबाट निस्कन अनुरोध गरेका थिए । यस विषयमा शंकर र विराज दुवैसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीहरु दुवैको मोवाइल अफ गरिएको छ ।

घटको बिषयमा चलचित्र प्राबिधिक संघले भने पुष्टी गरेको छ । संघका अध्यक्ष पुस्कर लामाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घटनाको भत्र्सनासमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति