२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायक विराज भट्ट र निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट

१० बैशाख २०७६, मंगलवार ०७:५२

बैशाख १०, काठमाडौं | नायक विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच झडप भएको छ ।

सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् ।

‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो । यो फिल्म निर्माणका लागि विराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै पुसमा प्रोडक्शन डिजाइनरको रुपमा सम्झौता गरेका थिए ।  तर, अहिलेसम्म सुरु हुन सकेको छैन ।

सोमबार पनि क्याफेमा विराजले पाण्डेलाई फिल्म सुरु गर्ने विषयमा छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए ।

पाण्डेको जवाफ सुनेपछि विराजले पैसा फिर्ता मागेका थिए । तर, पाण्डेले आफूले ४ महिनाभन्दा बढी समयदेखि यो चलचित्रमा काममा हिँडेकोले पैसा फिर्ता दिन नसक्ने जवाफ दिए पछि विराजले पाण्डेलाई झापड हानेका थिए । भट्टले हिर्काएपछि पाण्डे भूइँमा लडेका थिए ।

पाण्डे उक्त क्याफेमा चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेसँगै गएका थिए । केशव भने अर्काे कुनामा बसेका थिए ।  विराजले शंकरलाई कुटेपछि केशवले विराज भएको ठाउँमा पुगेर हात समातेका थिए । केसवले हात समातेपछि शंकरले पनि विराजलाई केही मुक्का हिर्काएका थिए ।

दुबैबीच हात हालहाल भएपछि क्याफेका मालिकले दुबैलाई क्याफेबाट निस्कन अनुरोध गरेका थिए । यस विषयमा शंकर र विराज दुवैसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीहरु दुवैको मोवाइल अफ गरिएको छ ।

घटको बिषयमा चलचित्र प्राबिधिक संघले भने पुष्टी गरेको छ । संघका अध्यक्ष पुस्कर लामाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घटनाको भत्र्सनासमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले