२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र हेर्न पाइने, पहिलोपटक कुन चलचित्र प्रदर्शन हुन्छ ?

१२ बैशाख २०७६, बिहीबार ०९:२४

बैशाख १२, काठमाण्डाै ।  अब अन्तर्राष्ट्रिय उडानको समयमा नेपाली चलचित्र हेर्न पाइने भएको छ  । विश्वका विभिन्न एयरलाइन्सबाट उडान अवधिभर फरक–फरक चलचित्र हेर्ने व्यवस्था भएपनि नेपाली चलचित्र हेर्ने व्यवस्था अझसम्म पाइएको थिएन ।  

अब भने यूएईको एक एयरलाइन्सले नेपाली चलचित्र खरिद गर्ने भएको छ । नेपालफ्लिक्सले यूएईको एयरलाइन्सँग उडानको बेला नेपाली चलचित्र प्रदर्शन गर्नेगरी सहमति गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र प्रदर्शनको सुरुवात अभिनेता विपिन कार्कीले अभिनय गरेको चलचित्र ‘हरि’ बाट गर्न लागिएको बताइएको छ । 

अहिलेसम्म एयरलाइन्सको नाम नखुलाइएको भए पनि काठमाण्डौ र विश्वका विभिन्न देशबाट उक्त एयरलाइन्समा उडान भर्दा दर्शकले ‘हरि’ चलचित्र हेर्न पाउने छन् ।

अनलाइनबाट स–शुल्क चलचित्र हेर्ने सहज प्लेटफर्म नेपालफ्लिक्सले ‘हरि’ पछि अन्य चलचित्रहरु पनि त्यस एयरलाइन्सबाट प्रदर्शन गर्ने तयारी गरिरहेको छ । यसका लागि एयरलाइन्सका प्रतिनिधिसँग थप सम्झौता गरी कुरा अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले