१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘द सुपर मम’ बन्न सफल भईन एमी कर्माचार्य

३० बैशाख २०७६, सोमबार १०:११

वैशाख ३०, काठमाडौँ | केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’ को बिजेता बन्न सफल भईन भक्तपुर निबासी एमी कर्माचार्य । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका थिए । अन्य १५ प्रतिश्प्रधिहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए ।


प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिश्प्रधामा उतारिएको आयोजक सस्थाको प्रमुख पुजना प्रधानले बताएकी छिन । मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक प्रधानले गराइन।

प्रतियोगितामा ‘द सुपर मम’ले ताज सहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन प्राप्त गरेका थिए  । विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउँनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम आयोजक नायिका पुजना प्रधानले बताइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का