२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेममा लिन भइन् नायिका कसिस (१२ तश्वीर)

७ जेष्ठ २०७६, मंगलवार ०५:१७

जेठ ७, सिरहा | प्रेम भूमरीमा आधारित ‘मन्द—मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । 

चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले भनिन् ‘सुटिँगको लागि कडा मेहनत गर्देछु । अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु । यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई हलसम्म तान्नको लागि रोचक ढँगले कथा वस्तुलाई पर्दामा उतार्न यतिखेर निर्देशक तथा प्राविधिकहरु लागी परेका छन् । 


चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका हुन् ।

बैशाखको तेस्रो साताबाट सुटिँग शुरु भएको यस चलचित्रका मुख्य नायिका कसिस दाहाल सस्पेन्स कथासँग हराइएकी छन् ।  निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिँगमा सक्रिय भूमिका निर्वाह गर्दैछन् ।  

रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ भने दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने गरिरहेको छ । 

कसिसका केहि तश्वीरहरु: 

इटहरी स्थायी घर भएकी नायिका तथा मोडेल कसिस दाहाल सानैदेखि अभिनयमा रुचि राख्थिन । बाल्यकाल देखिनै अभिनयमा होमिएकी दाहालको मुख्य लक्ष्य भनेकै राम्रो अभिनय गरेर एउटा राम्रो कलाकारको दर्जामा आफुलाई उभ्याउने रहेको छ ।


पछिल्लो समय निकै चर्चामा रहेकी नायिका तथा मोडेल कसिस दाहाल अहिले सुटिङमा निकै ब्यस्त छिन । बिभिन्न नेपाली फिल्ममा समेत अभिनय गरिसकेकी नायिका तथा मोडेल कसिस जति रुपको सुन्दर छिन् त्यति नै अभिनयमा पनि अब्बल मानिन्छिन् । उनी द्वारा अभिनित दर्जनौं म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् । 


माथिका तश्वीरहरु कसिसको सामाजिक संजालबाट लिईएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य