१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

धार्मिक महोत्सवबाट १२ लाख सङ्कलन

३१ जेष्ठ २०७६, शुक्रबार ०५:५५

जेठ ३१,बैतडी | क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।  

उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जानकारी दिनुभयो । सङ्कलित रकम धार्मिक महोत्सवमा व्यवस्थापनमा लागेको खर्च कटाएर बाँकी रकम  क्याम्पसको पूर्वाधार विकासमा खर्च गरिने उहाँले बताउनुभयो । महोत्सवमा स्वयं क्याम्पस प्रमुख कार्कीले सबैभन्दा बढी रु एक लाख २१ हजार १२१ दान गर्नुभएको थियो ।  

जेठ २२ गतेदेखि शुरु भएको धार्मिक महोत्सव बिहीबार सम्पन्न भएको हो । २०६९ सालमा स्थापना भएको श्रीकोट बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हँुदै आएको छ ।  ग्रामीण क्षेत्रमा पहिलोपटक स्तातकोत्तरसम्मको पढाइ सञ्चालन गर्ने उक्त क्याम्पस बैतडी जिल्लामै पहिलो क्याम्पस हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का