१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाखको पुरस्कार सहित कमेडी च्याम्पिएन प्रशारण हुँदै

२० असार २०७६, शुक्रबार ००:५२

असार २०, काठमाडौं | यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई  ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक बिशाल भण्डारीले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी आफु अब अडिसनको तयारीमा रहेको जानकारी गराए ।

भण्डारीका अनुसार यो प्रतियोगितामा बरिष्ट हास्यब्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन् । 


बिदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको पुष्टी गर्दै यसमा सहभागिता जनाउने बारे आयोजक एवम् निर्देशक भण्डारीले भने,‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्ने । त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ ।’ यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् ।

अडिसनबाट चयन भएकाहरु मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हँुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट  र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।  

निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मनहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यम्पड कमेडी आफुहरुले बनाउने पनि कार्यक्रममा बताईन् । 


बरिष्ट हास्यब्यँग्य कलाकार एवम् निर्णयक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए ।

 अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् । 

अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास सो कार्यक्रममा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का