१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IIFA द्वारा नेपालमा अवार्ड आयोजना गर्ने निर्णयबारे अस्वीकार, कसैको दावीमा जिम्मेवारी नलिने

२१ असार २०७६, शनिबार २०:०६

असार २२, काठमाडौँ | नेपालमा आइफा अवार्ड आयोजना गर्ने विषयमा आफ्नो कुनै निर्णय नभएको भन्दै आइफा आयोजक कम्पनीले अझै पनि नेपाल अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको बताएको छ । उसले नेपालमा आइफा अवार्ड आयोजना गर्ने निर्णय भएको बिषयमा हल्ला मात्र चलेको भन्दै अस्वीकार गरेको हो । 

चलचित्र पुरस्कारमा आफ्नो महत्वपूर्ण स्थान बनाएको अन्तरराष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार (आइफा) को बिषयमा नेपालमा विवाद बढ्दै गएको रिपोर्ट पाएको आयोजक कम्पनीले नेपाल अझै पनि नेपालको नाम अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको टिप्पणी दिएको छ ।  

भारतीय संचारमाध्यमहरुलाई आईफाले दिएको जानकारी अनुसार भारतीय संचार माध्यमहरुले बिभिन्न कोणबाट समाचार हरु लेखेका छन् । समाचार अनुसार नेपालको संसदमा फिल्म एवम् सांस्कृतिक बिषयसँग जोडिएका केहि दलले नेपालमा आइफा अवार्ड आयोजनाको बिषयलाई लिएर विरोध गरेको उल्लेख छ । उक्त समाचारमा आइफाले भारतका संचार माध्यमहरुलाई नेपालमा आइफा आयोजना गर्ने बिषयमा जानकारी दिने क्रममा यो बर्षको पुरस्कारको आयोजक राष्ट्रको लागि नेपालको नाममा अन्तिम फैसला भईनसकेको बताएको समाचारहरु सार्वजनिक भएका छन् ।

भारतीय एक संचार माध्यमले समाचारलेखेको छ 'सन् २००० मा शुरू भएको आइफा पुरस्कार नेपालमा आयोजनाको बिषयलाई लिएर हालै त्यहाँको संसदले एक प्रस्ताव पारित गरेको थियो । तर नेपालमा अवार्ड आयोजनालाई लिएर विरोध सुरु भएको छ ।'

आइफा आयोजकले एक भनाई जारी गर्दै भनेको  छ कि 'आयोजकले नेपाललाई यस बर्षको अवार्ड आयोजकको दर्जा अहिलेसम्म दिएको छैन ।' कम्पनीको भनाई अनुसार आइफा आयोजनाको लागि संसारका कयौं देशको नाममा अझै विचार गरिदैछ र त्यस्तै देशको सूचीमा नेपाल पनि रहेको छ । 

आइफाको आयोजक कम्पनी विजक्राफ्ट इन्टरनेशनलका निर्देशक विज आन्द्रे टिमिन्सले भनेका छन् कि 'आइफाको सकारात्मक उपलब्धिहरुलाई हेरेर हामीलाई लगातार कयौं देशबाट उनीहरुको शहरमा आइफा आयोजनाको लागि निमन्त्रणा आईरहन्छ । नेपालले यस वर्षको अवार्डको आयोजनाको लागि सम्पर्क गरेको छ तर अहिलेसम्म नेपालको नाम सम्भावितको सूचीमै छ । यदी यस बारेमा नेपालका कुनै संस्थानले कुनै दावी गर्छ भने त्यो सत्य होइन । यस्तै प्रकारको दावीले यदी कुनै कर्पोरेट घराना वा कसैको कुनै नोक्सान भएमा आइफा जिम्मेवार हुनेछैन ।' 

माथिको तश्वीरमा: आइफाको आयोजक कम्पनी विजक्राफ्ट इन्टरनेशनलका निर्देशक विज आन्द्रे टिमिन्स 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का