१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छवी-शिल्पा घर झगडाको वास्तविक रहस्य खुल्यो, भाबुक हुदै शिल्पालाई पठाए यस्तो भिडियो संदेश

३० असार २०७६, सोमबार १५:२३

असार ३०, काठमाडौं |‘बाघ’ निर्माताको ‘छवी’ बनाएका निर्माता छवी ओझाको छवी यतिवेला धमिलिन पुगेको छ । निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ ।

नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि लगन गाँठो कसेका छवीको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ । केही दिन अघि नायिका तथा छवीकी चौथी श्रीमतीको रुपमा भित्रिएकी शील्पाले प्रहरीमा श्रीमान छवीबाट ज्यान जोगाई पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सतहमा सार्वजनिक भएको हो ।

यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् । हिँजो (आइतबार) उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो । तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन् ।

सुत्र टिभीको टिम छवीको कार्यालयमा पुग्दा उनी एक्लै टोलाएर बसेका थिए । उनीमा कुनै उमंग देखिएको थिएन । देखिउस पनि कसरी ? जीवन सँगै विताउने भनेर भित्र्याएकी जीवनसंगीनी वैवाहिक वर्षगाँठकै दिन उनीसँग थिईनन् । कुरा गर्दै जाने क्रममा छवीले भावुक हुँदै आफ्ना तीनवटै वैवाहिक जीवनका सुरुवात तथा समाप्तीको केस्रा केस्रा केलाए ।

उनी वास्तवमा यसअघिका कुनै श्रीमती तथा अहिले उनलाई नै उजुरी गरेर अलग बस्दै आएकी शिल्पाको बारेमा कुनै नकारात्मक देखिएनन् । उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

छवीले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए । तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का