२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिल्पा भन्छिन् – ‘मेरो श्रीमानले मलाई मार्नुहुन्छ, सोचेको थिइन’, सम्बन्धविच्छेद हुने पक्का

३१ असार २०७६, मंगलवार ०६:१४

असार ३१, काठमाडौँ | पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको घर झगडाको बिषयले बजार तातेको छ । यसैमा मंगलबार शिल्पाले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको समाचारले नेपाली संचार जगतमा महत्वपूर्ण स्थान पाएको छ । शिल्पा आफैले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको स्पष्ट पारेकी छन् । फिल्मी वेवसाइट 'न्यूज फिल्मी'लाई दिएको भिडिओ अन्तरवार्तामा उनले उक्त खुलासा गरेकी हुन् ।

विवाहको तेश्रो वर्षगाँठ पुर्वनै निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध घरेलु हिंसाको मामिला बनेर प्रहरीकोमा पुगेको थियो । घटना सार्वजनिक भएसंगै त्यसयता उनीहरुको समाचारको बिषय बन्दै आएका छन् । शिल्पा प्रहरीकोमा पुगेपछि छविले माफी मागेका थिए र मिलापत्रमा पनि भएको थियो । तर अभिनेत्री शिल्पाले आफूले डिभोर्सको प्रक्रिया थालेको खुलासा गरेकी छन् ।

शिल्पाले दिएको भिडियो अन्तरवार्तामा भनेकी छन् – 'मिडियामा मलाइ छविजीले धेरै आरोप लगाउनु भएको छ । म आफै खाना बनाएर खुवाउथे । थोरै जनाको समर्थन छ मलाइ, तर म त्यसैमा खुसी छु । ३ बर्ष चुप लागे त अब म मर्नु ? धेरै गारो भएर पुलिसकोमा गएँ । मेरो इज्जतको ख्याल गरेर ३ बर्ष चुप बसें । ३ बर्ष बसेको मान्छेको माया लाग्दैन र ? मेरो आमा बाबु भन्दा माथि राखेको मेरो श्रीमानले मलाई मार्नुहुन्छ सोचेको थिइन ।'  'फोन आउँछ कि भनेर मैले पर्खे । के गर्नुहुँदैछ ? भनेर फोटो हेरी चित्त बुझाउन फेसबुकमा खोजें । ब्लक पो गर्नु भएछ । फोन गरेर केयर गर्नुहुन्छ भनेको त ब्लक पो गर्नु भएछ । मेरो पिडा कसैले बुझेन । कानुनले श्रीमतीको हैसियतले जे दिन्छ म स्वीकार्छु । म त्यो घरमा फर्केर जादिन ।' 

ओझाले शिल्पालाई सम्बोधन गर्दै लेखेको फेसबुक स्टाटसको संपादित अंशः

शिल्पा जि, 

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसंग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसंग चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर मायाँ गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिनलाई  आफैलाई नढाटी सम्झनुस् तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाई सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी-कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै मसंग बस्न सक्नुहुन्न भने पनि एक पटक मसंगै आएर टेबलमा कुरा गर्नुस् । मेरो ईतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाई पनि पार्दिन । मैले बिगत ३ दिनदेखि तपाइलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अव मेरो वकिलले भेट्छ भन्नूभयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानू पर्दैन । छवी ओझाको अदालतमा सिधै आउनुस् । तपाइले न्याय पाउनु हुन्छ । 

शुभरात्री ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य