मंसिर १८, काठमाडौँ | नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची राखेकी छन् |
मंगलबार उनले लेखेकी छन् |
‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ’
१. तिम्रो हात समात्नु
२. तिम्रो जोक्समा हाँस्नु
३. तिमी सँगसँगै हिँड्नु ।
४. सोफामा आरामले सँगै सुत्नु
५. तिम्रो आँखामा हेर्नु
६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु
उनको यो फोटोमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् | उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु’