पुस, ३ एजेन्सी | प्रियंका चोपडा र निक जोनसको विवाहमा इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले तीन महिनाको आम्दानी गरेको बताएका छन् |
विवाहका लागि पुरै प्यालेस ४ दिनका लागि बुक गरिएको थियो | यो समयमा अन्य बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाएको थियो | उक्त कार्यक्रममा कार्यक्रम स्थलका लागि मात्रै प्रियंका–निकले तीन करोड बढी खर्च गरेको बताएका छन् |
यो जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए | अन्तराष्टिय स्तरमै चर्चा पाएका यी जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए | प्रियंका चोपडा र निक जोनस संगीत कार्यक्रमबाट प्रेरित भएर सिरिज बनाउने तयारीमा छन् |
उनीहरुको यो प्रोजेक्टलाई अमेजन प्राइम भिडियोले हरियो झण्डा देखाएको छ |