पुस ९, काठमाडौं | चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ | पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् |
गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए | उनका अनुसार बादीले अंश नलिने गरी मिलापत्र भएको हो |
ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने भएकी छन् |