१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड स्टारर्सको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

२९ आश्विन २०७८, शुक्रबार १५:३९

असोज २९, काठमाडौं | कोरोना भाइरस (कोभिड १९) को कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ । 

आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ ।  यसमा अजय देवगन र रणवीर सिंह पनि देखिनेछन् । यसैले गर्दा यो प्रतिक्षित बनिरहेको छ, किनकि यो मास अडियन्स फिल्म हो । 

भारतको महाराष्ट्रमा फिल्म हल खुल्ने भएसँगै भटाभट फिल्म रिलिज घोषणा भइरहेको छ । यसै सन्दर्भमा फिल्म हल खुलेको र यसको मनोरञ्जन लिन फिल्म ’सूर्यवंशी’ का कलाकारहरू आग्रह गरेका छन् । अक्षय, अजय र रणवीरले एक भिडियोमा हलमा फिल्म हेर्नुको मज्जा छुटै हुने भन्दै दर्शकलाई हल फर्किन आग्रह गरेका हुन् । 


‘दर्शकको ताली र सिठ्ठीले फेरि हललाई गुन्जयमान बनाउने जिम्मा तपाइँको छ, सपरिवार अवस्य आउनु होला’, भिडियोमा स्टारहरूले आग्रह गरेका छन् । यस फिल्मलाई ओटीटीमा रिलिज गर्न धेरै नेटफ्लिक्स, प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारले आग्रह गरेका थिए ।

तर, फिल्म हलमै चलाउने निर्णयमा टीम अडिग रह्यो । कोरोना भाइरसको महामारी आएपछि रिलिज हुन लागेको ठूलो फिल्ममा ’सूर्यवंशी’लाई राखिएको छ । यसले गर्ने व्यापारले भारतमा मात्र होइन, नेपालमा पनि फिल्म रिलिजको तालिका तय हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव