१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख, आमिर, सलमानदेखि शाहिद कपुरसम्मको ‘विवादास्पद बयान’

३ कार्तिक २०७८, बुधबार ११:२७

कात्तिक ३, काठमाडौं | बलिउडलाई हलिउडपछिको ठूलो फिल्म उद्योग भनिन्छ । यहाँ बन्ने फिल्मको संख्या र कलाकारहरू स्टारडम लोभलाग्दो छ । बलिउड कलाकारका फ्यान विश्वभर छन् । जति ठूलो बलिउड छ, त्यहाँका कलाकारले बोलेको विषयको चर्चा पनि त्यति नै ठूलो हुन्छ ।

बलिउडमा केही कलाकार यस्ता पनि छन्, जो आफूले बोलेकै कारण विवादमा तानिएका छन् । बलिउडका कलाकारलाई यदि कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।

पछिल्लो समय बलिउडमा ठीकठाक समय नरहेका कलाकार हुन् शाहरुख खान । किंग खानको उपनाम पाएका शाहरुख यतिबेला जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनै शाहरुखले एकपटक ‘म पोर्नस्टार बन्न चाहन्छु’ भनेका थिए । एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन् । उनले पोर्नस्टार बन्न मिहिनेत लाग्नेसमेत बताए । यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा हंगामा भयो । केही समयपछि शाहरुखले आफूलाई 'गिल्टी' फिल पनि भएको बताएका थिए ।


शाहरुखसँग सम्बन्ध टाढा हुनेमा पर्छन् बलिउडका मिस्टर पर्फेक्ट आमिर खान । यिनै आमिरले एकपटक आफ्नो कुकुरको नाम शाहरुख रहेको बताएका थिए । त्यतिबेला बलिउडमा निकै हंगामा भएको थियो । ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो ? तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुुकुरको नाम हो ।’ आमिरले ठट्टा गर्दै सामाजिक सञ्जालमा लेखे पनि यसले शाहरुखसँगको दुश्मनी बढाउने काम गर्‍याे । आमिरले पनि यो शाहरुखलाई नै इंगित गरेका थिए ।

शाहरुख र आमिरपछि अर्का खान अर्थात् सलमानले विवाद ननिम्त्याउने कुरै भएन । बलिउडमा भाइजान भनेर चिनिने सलमान निकै विवादमा तानिने गर्छन् । यिनै सलमानले एकपटक ऋतिक रोशन र ऐश्वर्या रायमाथि व्यंग्य गरेका थिए । सञ्जयलीला भन्साली निर्देशित गुजारिस फिल्म रिलिज हुँदा उनले ‘कुकुर पनि फिल्म हेर्न गएन’ भन्ने भनाइ एक अन्तर्वार्तामा दिएका थिए । सञ्जयसँग दोस्रो फिल्मदेखि टाढिएका सलमानले ऐश्वर्या भएपछि नबोल्ने कुरै भएन । त्यसपछि ऋतिकसँग पनि सलमानको दूरी बढ्यो । किनकि फिल्म फ्लप भए पनि यसलाई फिल्मकर्मीले रुचाएका थिए । फिल्मले उठाएको मुद्दा र ऋतिकले गरेको अभिनय प्रशंसा यतिबेला पनि हुने गरेको छ । 

बलिउडका कवीर सिंह अर्थात् शाहिद कपुर पनि विवादमा तानिने गर्छन् । आफ्नो स्टारडमलाई फेरि एकपटक व्यूँताएका शाहिद कुनै समय बलिउडकी चमेली अर्थात् करीना कपुरको प्रेममा थिए । प्रेम पछि ब्रेकअपमा परिणत भयो । त्यसबेला यी दुईको फिल्म ‘जव वी मिट’ हिट भयो । त्यसपछि शाहिदलाई प्रश्न तेर्सियो- ‘अब करिनासँग काम गर्ने कि नाइँ ?’ उनले जवाफ दिए- ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु।’ त्यसले करिनासँग शाहिदको दूरी झनै बढ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव