१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्रग्स केसले ‘बलिउड’ त्रासमा

८ कार्तिक २०७८, सोमबार ०४:०४

कात्तिक ८, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । 

उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । आर्यनसँगै पक्राउ परेका एक व्यक्तिबाट ड्रग्स भेटिएपछि सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ ।

आर्यनको जमानत दुई पटक खारेज भएपछि उनको वकिलले मुम्बई हाइ कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदै छ ।

यसका साथै आर्यनको ह्वाट एप्समा बलिउड एक्ट्रेस अनन्या पाण्डेसँग भएको कुराकानीका आधारमा एनसीबीले घरमा छापा मारेर ल्यापटप र मोबाइल सिज गरेर बयानसमेत लिइसकेको छ । गतवर्ष कोरोनाभाइरसको महामारी केही समान्य हुँदै गर्दा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएर अगाडि आएको ड्रग्स केसमा केही बलिउड सेलिब्रेटीलाई एनसीबीले बयानको लागि बोलाएको थियो । दीपिका पादुकोण, सारा अलि खानलगायत बलिउडका चिनिएका अनुहारलाई एनसीबीले बोलाएर सोधपुछ गरेको थियो । 

केही समयअगाडि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियासमेत ड्रग्स केसमा परेका थिए । उनीहरूले आफुले ड्रग्स सेवन गर्ने गरेको बयानका क्रममा स्वीकारसमेत गरेका थिए । यद्यपि, उनीहरूलाई पनि कारबाही भएन ।


तर, पछिल्लो समय ड्रग्स केसमा जोडिएका आर्यनलाई एनसीबीले गरिरहेको कारबाहीले बलिउडमा त्रास फैलिएको छ । स्टारका छोराछोरी वा स्टार धेरै पार्टीमा पुग्ने गरेका छन् । उनीहरू पुगेको पार्टीमा कसैले ड्रग्स सेवन गरे, आफु पनि त ‘जेल’ पुग्नु पर्ने होइन ? भन्ने डर उनीहरूमा छ । 

‘हाम्रो बच्चाहरू धेरै पार्टीमा जाने गर्छन्, त्यहाँ कसैले ड्रग्स लिए पनि उनीहरू जेल पुग्न सक्छन’, एक स्टार पिताले भारतीय मिडियासँग नाम नखुलाउने शर्तमा भनेका छन् । उनले चर्चाकै लागि एनसीबीले बलिउडलाई टार्गेट गरिरहेको आरोपसमेत लगाएका छन् । 

’आर्यनले न ड्रग्स लिएका छन्, नत उनीसँग ड्रग्स नै भेटिएको छ । तर, पनि उनी तीन सातायता जेलमा छन्’ उनले भने, ‘आर्यन घटनाक्रममा एनसीबीको नियत राम्रो देखिँदैन ।’ 

पछिल्लो समय एनसीबीले बलिउडलाई टार्गेट गरेपछि बलिउडकर्मीहरूमा त्रास बढेको हो । बलिउडमा ड्रग्स कनेक्सनको खोजमा रहेको एनसीबीले लगातार आफ्नो कारवाही अगाडि बढाइरहेको छ । 

आर्यन केसमा ट्विस्ट 

हालै आर्यन केसमा एक ट्विस्ट आएको छ । एनसीबी प्रमुख समीर वानखेडेमाथि आर्थिक चलखेलको आरोप लागेको छ । आफूलाई केपी गोसावीको बडिगार्ड बताउने एनसीबीकै एक प्रत्यक्षदर्शी प्रभाकर सैल मिडियासँग कुराकानी गर्दै गोसावी र सैम डिसुजा नाम गरेका व्यक्तिबीच २५ करोडको चर्चा भएको बताएका छन् ।

‘गोसावी र सैमले १८ करोेडसम्म दिएको खण्डमा केस मिलाउने बताएका थिए । जसमध्ये आठ करोेड एनसीबीका अधिकारी समीर वानखेडेलाई दिनुपर्ने कुरा गरेको थिए ।’ सैलले यस्तो बताएपछि केस नयाँ दिशामा मोडिने बुझिएको छ । एनसीवीले ६ अक्टोबरमा सार्वजनिक गरेको प्रेस रिलिजमा प्रभावकरको नाम प्रत्यक्षदर्शीमा राखिएको छ ।

प्रभावकरको यो भनाइ सार्वजनिक भएसँगै आर्यन खानको ड्रग्स मुद्दा पैसाका लागि रचिएको सुनियोजित खेल भएको भन्दै एनसीबीका प्रमुख समिरलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा ट्विट गरिएको छ । 

आर्यनको हाइ कोर्टमा अपिल 

अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् । ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, ‘मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन । तर, पनि म जेल बस्न बाध्य छुँ ।’ 

उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन् । आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव